Wednesday 21st January 2026

नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जनसम्पर्क समिति कुवेतले हातेमालो गर्दै


नयाँ सदस्यता पनि दिइने

तितोपाटी –  नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । समितिको सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा हिँजो शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा बसेको बैठकले  उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरिएको हो।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरि रहेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (प्रजातन्त्र, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।

कुवेतमा सम्पर्कका लागि :

कृष्णबहादुर तामाङ – ५१३३०५७७

राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)

कृष्ण पौडेल – ६६२१२३०९


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...