Wednesday 11th March 2026

श्रीमान विदेश गएको समयमा श्रीमतीलाइ ५ वर्षसम्म बन्दी बनाइ बलात्कार


तितोपाटी – विराटनगरकी एक महिलालाइ उनका श्रीमान विदेश गएको समयमा राजनैतिक पहुँचवाला छिमेकीले ५ वर्षसम्म बन्दी बनाइ बलात्कार गरेको रहस्योद्घाटन भएको छ । सो कुरा पीडित स्वयंले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा बताएकी हुन ।

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा यो घटना घटेको हो । उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए। श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरासमेत जन्माइन्। २०६१ सालमा जन्मिएका छोरा १४ वर्षको भइसकेको छ तर जन्मदर्तासमेत हुन सकेको छैन।

मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छेसमेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन्। झुक्याएर श्रीमान्सँग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्।

सुरेन्द्रले आफ्नो जीवन बर्बाद पार्दा पनि सर्लाहीको प्रहरी प्रशासन र सरोकारवाला निकाय मौन बसेको उनले बताइन्। माइतीमा बस्दै आएकी उनले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा आफ्ना पीडा सुनाएकी हुन्।

-कान्तिपुर दैनिकबाट


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...