Sunday 29th March 2026

कुवेतमा आजबाट रमादान शुरु, नियम नमाने जेल जानु पर्ला है ।


तितोपाटी डटकम- सन-२०१९ को मुस्लिम धर्मालम्बिहरुको पबित्र महान पर्ब रमादान आज मेई ६ तारिकबाट कुवेत लगायत बिश्व भर रहेका मुस्लिम देश तथा मुस्लिम समुदायमा शुरु भएको छ।सुर्य उदाउनु पूर्वको प्रार्थना देखी सुर्यास्त(सुर्य अस्ताउदा)को प्रार्थना सम्म रोजा(पानी समेत नपिईने ब्रत/उपवास)राखेर एक महिना सम्म मनाइने यस पवित्र पर्ब रमादानमा अन्य धर्मालम्बिहरुले पनि मुस्लिम देशमा रहदा रमादानको नियमलाई पालना र सम्मान गर्नु पर्ने अनिबार्य हुन्छ।

यसै बिच कुवेतको गृह मन्त्रालय अन्तर्गतको सार्वजनिक सम्बन्ध र सुरक्षा बिभागका ब्रिगेडियर जनरल तावेद अल कन्दारिले एक सुचना प्रकाशित गर्दै रमादान महिना भर सडक सुरक्षा सुनिश्चित गर्न,नागरिकहरुको सुरक्षा सुनिश्चित गर्न आफुहरु पूर्ण तयारीमा रहेको र यसका लागी सम्पूर्ण नागरिकहरु तथा आप्रबासी कामदारहरुले सबै क्षेत्रबाट सहयोग गर्दै रमादानको नियम पालना गर्न सुचित गरेका छन।

कुवेतको अनलाइनपोर्टल आइमनमाटमा जनाईए अनुसार मुस्लिमाहरुको पबित्र पर्ब रमादान(उपवास) महिना भरी रोजा समयमा सार्वजनिक स्थलहरु, पार्कहरु,सामुन्द्रिक किनारा, बस, ट्याक्सी लगायतको खुल्ला र सार्वजनिक ठाउँहरुमा खाना खाने, पानी पिउने वा धुम्रपान गर्ने समेतका ब्यक्तिहरुलाई १०० केडी(करिब ३५ हजार नेरु) जरिवाना वा एक महिना जेल समेत हुन सक्नेछ।
साथै रमादानको नियमलाई उल्लङ्घन गरेको देखेमा नजिकको प्रहरी चौकी वा आपतकालिन हट्लाइन ११२मा संपर्क गरेर सुचना दिन सबैलाई सुचित गरिएको छ। त्यस्तै रमादानको नियम उल्लङ्घन गरेमा १ महिना जेल सजाय वा नगद जरिवाना वा दुबै पनि हुन सक्ने र रमादानको समयमा माग्ने गरेको भेटिएमा कुनै पनि आप्रबासी कामदारहरुलाई तत्काल देश निकाला(डिपोर्टेशन) समेत गर्न सकिने कुवेतको गृह मन्तालायले जनाएको छ।

त्यसैले कुवेतमा रहने सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई तीतोपाटी डटकम परिवार मुस्लिमहरुको महान पवित्र पर्ब रमादानको नियमलाई पूर्ण पालना गर्न अनुरोध गर्दै देश-बिदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मालम्बी नेपाली दाजुभाइ-दिदीबहिनीहरुलाई पवित्र पर्ब रमादानको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...