Saturday 3rd October 2026

साँस्कृतिक मञ्चको १८ अाैं सांगीतिक धमाकाको साथमा “बेसारेको मन” को विमोचन सम्पन्न


नेपालकुवेत साँस्कृतिक मन्चले उसको १८ औं प्रस्तुति  स्वरूप “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका” पपिन्सहल जलिब कुवेतमा गत शुक्रबार एक समारोहको अायोजना गरि सम्पन्न गरेको छ । मञ्चको उक्त कार्यक्रमको अबसर पारेर मञ्चका उपाध्यक्ष कृष्ण सुनारको दोश्रो गीति एल्वम “बेसारेको मन” को पनि विमोचन गरिएको छ ।

दीप प्रज्वलन गरी शुरू भएको उक्त कार्यक्रम सँस्थाका अध्यक्ष गोबिन्‍द बरालको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतकी द्वित्तीय सचिब जानकी ओझाको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो भने एनअारएन कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरू, प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

सकार्यक्रममा नेपाली राजदुतावास कुवेतकी दितिय सचिब जानकी ओझा लगायतका वक्ताहरूले मञ्चले गरेका राम्रा कामहरूको प्रशंसा गर्दै अागामी दिनमा अझ राम्रो काम गर्न सुझाब दिएका थिए । कार्यक्रमको मध्य भागमा संस्थाको उपाध्यक्ष कृष्ण सुनारको गीती एल्बम ” बेसारेको मन ” को बिमोचन गरिएको थियो । गायक सुनार लाई कार्यक्रममा उपस्थित हरुले दोसल्ला तथा खादा ओडाएर बधाई तथा सफलताको शुभकामना दिएका थिए । सँस्थाले आफ्नो उत्कृष्ट सदस्यहरुलाई कदर पत्रका साथ खादाले सम्मान गरेको थियो ।

मन्चको १८ औं प्रस्तुति राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रममा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।कलाकारहरूको  प्रस्तुतीले उपस्थित पाहुनाहरु लाई भरिपुर्ण मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सबैलाइ दिंदै सभाध्यक्षद्वारा समापन गरिएको उक्त कार्यक्रममा मञ्चका बरिष्ठ संरक्षक टिकाराम अाचार्यले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए भने संरक्षक माधव शर्माले कार्यक्रमको संचालन गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...