Wednesday 14th January 2026

आठौं राष्ट्रिय खेलकुद सम्पन्न, नवाैं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने


तितोपाटी –  प्रदेश ५ मा सञ्चालन भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भद्रगोलपूर्ण ब्यवस्थापनकै बीच सकिएको छ । बैशाख ५ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन भएको उक्त प्रतियोगिताको बुधबार बाँकेको नेपालगञ्जस्थित महेन्द्र रंगशालामा आयोजित समापन समारोहमा कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले समापन गरेका हुन । यससँगै नवाैँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयाेजना हुने भएकाे छ । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा २०७७ को फागुन २० देखि २७ गतेसम्म हुने तालिका समेत सार्वजनिक भएको छ ।

राष्ट्रिय खेलकुदमा ३५ खेलका लागि ५ हजार २ सय ११ (२ हजार ८ सय २५ पुरुष, २ हजार ३ सय ८६ महिला) खेलाडीले ३ सय ३२ स्वर्ण, ३ सय ३२ रजत र ४ सय ८० कांस्यलाई प्रतिस्पर्धा गरेका थिए । उद्घाटन वैशाखमा भए पनि प्रतियोगिताका खेलहरू चैत २७ गतेदेखि सुरु भएको थियो ।

आठौं खेलकुदमा त्रिभुवन आर्मी क्लबले सबैभन्दा धेरै पदक जितेर पुनः च्याम्पियन बन्यो । सातौंमा पनि आर्मी नै च्याम्पियन बनेको थियो । नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले क्रमसः दोस्रो र तेस्रो स्थान हासिल गरे । कर्णाली प्रतियोगिता आठौं खेलकुदमा पनि कमजोर देखियो । अन्य प्रदेशका खेलाडीको प्रदर्शन पनि अघिल्ले संस्करणको तुलनामा खस्किएको देखिए ।

यस संस्करणमा गैरआवासीय नेपाली संघ (एनआरएन) का टोलीसहित सात प्रदेश र ३ विभागीय गरी ११ टोलीको सहभागिता थियो । बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा ३२ खेलका स्पर्धा हुँदा काठमाडौं, ललितपुर र कास्कीमा एक एक खेल आयोजना गरियो । अघिल्ला संस्करणमा जस्तै यस संस्करणमा पनि विभागीय टोलीकै बर्चश्व रह्यो, जुन अपेक्षाकृत नै थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन कार्यक्रममा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले  आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कमजोरीका बीच सीमित श्रोत साधनका बाबजुद पनि राम्रोसँग प्रतियोगिता सम्पन्न भएको छ भन्दै अब गण्डकीमा हुने नवौं प्रतियोगितामा तोकिएको समयमा नै भौतिक पुर्वाधार निर्माणका कार्य सक्न र कुनै पनि गल्ती नदोहोर्‍याउन सुझाव समेत दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी उहाँले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भव्य हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले ७५ साललाई स्वर्णकालको संज्ञा दिदै अब खेलकुदले देशको मुहार फेर्ने बताउँदै अाफ्नो कार्यकालमा दुईपटक राष्ट्रिय खेलकुद गर्न पाउँदा नेपाली खेलकुदको जग हाल्ने कामका साथै नयाँ ईतिहास रचिएकाे बताउँदै खेलाडीले खेल  खेल्न पाउनु उनीहरूको अधिकार भएकोले सो को लागि अाफुले कुनै कसर बाँकी नराख्ने बताए ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...