Saturday 10th May 2025

अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने, यस्तो छ पैसा निकाल्ने प्रक्रिया


तितोपाटी- अब कार्डविना नै एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । हाम्रो टेक्नोलोजी प्रालिले कार्ड रहित एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउने भएको छ । टेक्नोलोजीले अहिले त्यसको सफल परीक्षण गरिरहेको पनि जनाएको छ ।

सिभिल बैङ्कसँगको सहकार्यमा कार्डविना नै पैसा निकाल्न पाइने व्यवस्थाको औपचारिक उद्घाटन यही वैशाखभित्र गर्ने हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले रातोपाटीलाई बताए ।

एम बैङ्क एप (मोबाइल बैङ्क) मार्फत यो सेवा सुरु गरिँदैछ । हाल २ सयभन्दा बढी सहकारी र १० वटा बैङ्क तथा वित्तीय संस्थाले एम बैङ्क सेवा लिइसकेका छन् । ती संस्थाहरुबाट एक लाख भन्दा बढी ग्राहकले मोबाइल बैङ्किङ सेवा लिएका छन् ।

एटीएम नै सञ्चालन नगरेका बैङ्क, फाइनान्स र सहकारीले यो सेवाबाट लाभ लिन पाउँनेछन् । सिभिल बैङ्कको एटीएमबाट हाम्रो टेक्नोलोजीसँग आबद्ध बैङ्क तथा वित्तीय संस्थाले विनाकार्ड पैसा झिक्न पाउँनेछन् । तर ग्राहकले मोबाइल बैङ्क सेवा भने लिएको हुनुपर्नेछ । कार्डबिना एटीएमबाट पैसा झिक्न पाउँने नेपालका लागि नौलो प्रयोग हो ।

बैङ्कमा खाता खोल्न र ऋण लिनबाहेक कुनै पनि जानकारी लिन बैङ्कसम्म धाइरहन नपर्ने व्यवस्थाका लागि एम बैङ्क एप उपयुक्त छ । मोबाइलबाट बैङ्कको डिटेल, खाताको डिटेल पर्समा अर्थात मेरो मोबाइलमा हुन्छ । चेक रिक्वेस्ट र चेक स्टप गर्न मिल्छ ।

कसरी झिक्ने कार्डविना एटीएमबाट पैसा ?

सर्वप्रथम व्यक्तिसँग मोबाइल हुनु जरुरी छ । त्यसपछि सम्बन्धित बैङ्क तथा वित्तीय संस्थामा गएर मोबाइल बैङ्किङ सेवा लिएको हुनुपर्छ । उनीहरुले सम्बन्धित वित्तीय संस्थाको एम एप मोबाइलमा डाउनलोड गरेर राख्नुपर्छ ।

मोबाइल बैङ्किङ एपमा कार्डलेस एटीएम विकल्प थप गरिएको छ । त्यसमा क्लिक गरेपछि ओटीपी अर्थात एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड जुन ६ अङ्कको हुन्छ, त्यो आउँछ । यो पासवर्ड २ घण्टाका लागि मात्र मान्य हुनेछ । यसकारण नेपालभरको जुनसुकै सिभिल बैङ्कको एटीएमबाट सो पासवर्ड लिएर पैसा झिक्न सकिनेछ । यसले रेमिट्यान्सको काम पनि गर्छ ।

सुरुमा एपभित्र छिर्न छुट्टै पासवर्ड हुन्छ । यदि कसैले मोबाइल हरायो र अरूले नै लगइन गर्न खोज्यो भने मिल्दैन किनभने एपमा जान सुरुमै पासवर्ड चाहिन्छ जुन तपाईंलाई मात्र थाहा हुन्छ । पहिलो पासवर्डबाट लगइन भएपछि मोबाइल बैङ्क एपमा पुगिन्छ । त्यसपछि कार्डलेस एटीएम अप्सनमा क्लिक गर्ने र सिभिल बैङ्क आउँछ ।

अब मोबाइल बैङ्क सेवा लिँदा दर्ता भएको फोन नम्बर राख्नुपर्छ । यो नम्बर फिक्स हुन्छ । त्यसपछि रकम र कोड थिच्नुपर्छ त्यति गरेपछि उसले २५ रुपैयाँ शुल्क लाग्ने जानकारी गराउँछ ।

शुल्कमा ग्राहक मञ्जुर भएपछि उसले एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड (सिङ्गल टाइम पासवर्ड) सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउँछ । यो पासवर्ड लिएर एटीएम मेसिनमा जाने र मेसिनमा लेखिएको कार्डलेस एटीएम बटन थिचेर मोबाइलमा आएको पासवर्ड हालेपछि मोबाइलमा पठाएको अनुरोध अनुसारको रकम झिक्न सकिन्छ । यसरी झिक्ने रकम राष्ट्र बैङ्कले व्यवस्था गरे अनुसार नै हुनेछ ।

एटीएम नहुने संस्थाका लागि फाइदा

नेपालमा हाल ३८ हजारभन्दा बढी सहकारी छन् । जसको आफ्नो एटीएम मेसिन छैन । सहकारी मात्र होइन, कतिपय विकास बैङ्क र फाइनान्स कमपनीको समेत आफ्नो एटीएम मेसिन छैन । एटीएम बढी महँगो हुने भएकाले त्यस्ता संस्थाहरुले एम बैङ्कमार्फत कार्डलेस एटीएम सिभिल बैङ्कको एटीएमबाट प्रयोग गर्न सक्छन् ।

रातोपाटी-


सम्बन्धित शीर्षकहरु

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

इस्लामाबाद: पाकिस्तानी सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले शनिबार भारतले पाकिस्तानका धेरै अड्डाहरूमा आक्रमण गरेको र बदला लिने वाचा…

प्रतिकृयाहरू
...