Wednesday 14th January 2026

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको औपचारिक उद्घाटन आज, खेल भने एक हप्ता पहिलेदेखि खेलिंदै


तितोपाटी – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज औपचारिक रुपमा उद्घाटन हुँदैछ । नेपालगञ्ज रंगशालामा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।प्रतियोगिताका खेलहरु शुरु भएको एक सातापछि बल्ल अाैपचारिक उद्घाटन हुन लागेको हो । प्रतियोगिताको समापन भने बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

वैशाख ११ गतेसम्म हुने प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा पाँच हजार २११ खेलाडीको सहभागिता रहेको छ । तीमध्ये दुई हजार ८ सय २५ पुरुष र दुई हजार ३८६ महिला खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा ३ सय ७२ स्वर्ण, ३ सय ७२ रजत र ५ सय ६३ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोक्तोलन, टेबलटेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्याण्डबल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्कीसहित ३५ खेलहरु समावेश गरिएका छन् ।

प्रतियोगिताका खेलहरु बाँकेमा १७, दाङमा सात, रुपन्देहीमा चार, बर्दियामा चार, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा एक÷एक खेल आयोजना हुनेछ । बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।

त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङटेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ ।

बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...