Wednesday 14th January 2026

कुवेतमा एक नेपालीले गरे आत्महत्या


तीतोपाटी-कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या  गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको छ ।

बुधवार खबुस(रोटि) लिन हिडेका दिपक रात भर नफिरेको र बिहीवार बिहान कोठामा स्थानिय पुलिस आइ सर्च गर्दा मात्र घटना बारे जानकारी पाएको गोर्खाका नर हमाललाई उद्दित गर्दै लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालले जानकारी दिएका छन् ।

घटनावारे दूतावासमा सम्पर्क गर्दा घट्नाको आधिकारीक जानकारी आईनसकेको दूतावासले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...