Wednesday 4th February 2026

कुवेतमा रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ नववर्ष २०७६,सांगीतिक धमाका हुने


बसन्त थापा- नेपालकुवेत् सांस्कृतिक मंच कुवेतको आयोजनामा, रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ१८ आै प्रस्तुति स्वरुप नेपाली नवबर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका आगामी मइ तीन तारीख शुक्रवारको दिन गर्ने भएको छ। 

हाम्रो सांस्कृतिक हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको उक्त संस्थाले यस अगि पनि भिबिन्न सांस्कृतिक कार्यक्रम तथा पिडित हरुलाई उद्धार साथै महत्वपूर्ण सहयोग गर्दै आएको छ। 

नेपालको दुर्गम जिल्ला कालिकोटमा निर्माण हुन् गइरहेको रास्कोट सामुदायिक अस्पतालको लागि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति  सांगीतिक धमाका गर्न लागिएको सोही संस्थाका अध्यक्ष  गोबिन्द बरालले तितोपाटी लाई जानकारी दिएका छन ।

न्युज २४ च्यानल सिधा कुरा जनता संगको युनिटको बिशेष पहलमा बन्न लागेको उक्त सामुदायिक अस्पताल निर्माणको नेतृत्व पत्रकार रबि लामिछानेले लिएका छन्।

बरालका अनुसार यो कार्यक्रम अतिनै प्रभावकारी र सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागेको र उक्त दिन कुनै पनि कार्यक्रम नजुदाइदिनुहुन अनुरोध गर्दै, कार्यक्रममा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनि, पत्रकार, कलाकार, र विभिन्न संघ संस्थाका  प्रतिनिधि हरुलाई उपस्थित भइ आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्।

कार्यक्रम हुने स्थान यस प्रकार रहेको छ

मिति – ३ मइ २०१९ शुक्रवारको दिन

स्थान – पपिंस हल अब्बसिया

समय – बिहान १२ बजे देखि


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...