Tuesday 10th March 2026

स्मार्टफोन तातिनबाट जोगाउने उपायहरू


तितोपाटी – स्मार्टफोन धेरै चलाउने मानिसहरुले आफ्नो फोन धेरै तात्ने गरेको गुनासो गर्ने गरेको हामीले धेरै सुन्दछौँ । आफ्नो स्मार्टफोन सामान्य रुपमा चलाउँदा पनि तात्ने गरेको अनुभव हामी आफैले पनि सायद गरेकै हौँला । मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा, चार्ज गर्दा, गेम खेल्दा वा भिडियो चलाउन फोन तात्नु स्वभाविकै हो ।

स्मार्टफोनमा फिचरहरु थप हुँदै गर्दा त्यसको प्रोसेसरमा चाप पर्नु तथा ब्याट्रीको खपत पनि बढि हुँदा फोन तात्नु नौलो होइन । तर कहिलेकाहीँ मोबाइल फोनको हार्डवेयर तथा सफ्टवेयरमा समस्या आउँदा पनि फोन अनावश्यक रुपमा बढ्दा तात्ने हुन सक्दछ । मोबाइल फोन बढि तात्ने समस्या कम गर्नका लागि केही उपायहरु अपनाउन सकिन्छ । ती उपायमध्ये केही यी हुन्ः

१. घाममा नराख्ने : स्मार्टफोनलाई प्रत्यक्ष रुपमा सूर्यको किरण पर्ने तातो घाममा राख्नु हुँदैन । यसो गर्दा फोनको तापक्रम बढ्दछ । प्लास्टिकको ब्याकयुक्त डिजाइन भएका स्मार्टफोनहरु घामले तात्ने समस्या धेरै हुन्छ । अध्ययन अनुसार लामो समयसम्म घाममा राख्नाले फोनको टचस्क्रिनमा समेत नकारात्मक असर पर्दछ । त्यसैले घमाइलो बेला यात्रा गर्दा मोबाइल फोनलाई ब्यागमा राख्नु उपयुक्त हुन्छ ।

२. सोफा तथा बेडमा राखेर चार्ज नगर्ने : ब्याट्री चार्ज गर्दा स्मार्टफोनले ताप उत्सर्जन गर्दछ । त्यसैले ओछ्यान वा सोफामा राखेर मोबाइल चार्ज गर्नाले मोबाइलबाट निस्कने ताप सोफा वा बेडको सतहले नै रोक्दछ । जसका कारण मोबाइलको तापक्रममा वृद्धि हुन्छ । त्यसैले मोबाइल चार्ज गर्दा भुइँ, टेबुल वा त्यस्तै कडा सतहमा राख्नु पर्दछ ।

३. चार्ज गर्दा कभर हटाउने : मोबाइल चार्ज गर्दा यसको बाहिरी खोल हटाउँदा राम्रो हुन्छ । खोलले मोबाइलबाट उत्सर्जित तापलाई रोक्दछ जसका कारण त्यो तापले मोबाइललाई नै तताउँदछ । खोल हटाएर चार्ज गर्नाले मोबाइलबाट उत्सर्जित ताप बाहिर जान पाउँदछ जसका कारण मोबाइल तात्न पाउँदैन ।

४. रातभर चार्जमा राखेर नछाड्ने : हामीमध्ये धेरैजसोले रातमा सुत्ने बेलामा मोबाइल फोन चार्जमा राखेर छाड्छौँ । तर यसो गर्नु राम्रो होइन । यसले केवल मोबाइललाई बढि तताउने मात्र होइन ब्याट्रीको आयुमा पनि नकारात्मक असर पार्दछ ।

५. ब्याकग्राउण्डमा समेत चल्ने एपहरु हटाउने : केही एपहरु यस्ता हुन्छन् जुन मोबाइल नचलाउँदा समेत पृष्ठभूमिमा चलिरहेका हुन्छन् । त्यसो गर्दा मोबाइलको ब्याट्रीको चार्ज रित्तिने तथा मोबाइलको प्रोसेसिङ्ग क्षमतामा पनि ह्रास आउँदछ । यसले मोबाइल फोनको तात्ने समस्या पनि बढाउँदछ । त्यसैले त्यस्ता एपहरु पहिचान गरी अनस्टल गरिहाल्नु पर्दछ ।

६. अन्य चार्जर तथा ब्याट्री प्रयोग नगर्ने : कुनैप्नि मोबाइलको ब्याट्री फेर्नुपर्दा वा नयाँ चार्जर प्रयोग गर्नुपर्दा मोबाइल जुन ब्राण्डको हो सोही ब्राण्डको सक्कली चार्जर तथा ब्याट्री प्रयोग गर्नुपर्दछ । अरु ब्राण्ड तथा प्रकारको चार्जर प्रयोग गर्दा यसले ब्याट्रीमा असर पार्ने र मोबाइल तात्ने हुन्छ । बाहिरी ब्याट्री प्रयोग गर्दा पनि चार्जिङ्गमा समस्या उत्पन्न भई मोबाइल फोन तात्ने समस्या आउँदछ ।

एजेन्सीको सहयोगमा


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...