Tuesday 13th January 2026

नयाँ गीत रातो माटोबाट राजु ढकाल र देबी घर्ती फेरि चर्चामा


तीतोपाटी-नेपाली लोकदोहोरीको नमुना जोडी अर्थात निकै सफल जाेडीको रुपमा देवी घर्ति र राजु ढकाललाई लिने गरिन्छ । यो जोडी पारिवारीक रुपमा मात्र मिलेको छैन सागितीक क्षेत्रमा समेत निकै जमेको छ ।

यहि जोडीले आवाज दिएकाे र दमदार अभिनय समेत रहेको नयाँ गीत रातो माटोको भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा माया प्रेमलाई विषयबस्तु बनाइ निकै उत्कृष्ट शब्द कोरेका छन भने सोहि अनुसारको सुमधुर लय समेत बनाएका छन, लोकप्रिय सर्जक प्रसाद लामिछानेले । दर्जनौं उत्कृष्ट सिर्जना स्रोता दर्शक माझ प्रस्तुत गरिसकेका सर्जक लामिछानेको यो अर्को उत्कृष्ट सिर्जना समेत बन्न सफल भएको छ ।

दिलिप रेग्मीले निर्देशन गरेको सो गीतमा राजु देवीको जोडीको मनमोहक अभिनयले सबैलाई चकित पारेको छ । गीतलाई प्रसाद डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

हेरौं गीतको पुरै म्युजिक भिडियो


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...