Sunday 29th March 2026

नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल २१ मार्चमा हुने


तितोपाटी – नेपालको राष्ट्रिय फुटबल टिम कुवेतमा मैत्रीपूर्ण फुटबल खेल खेल्न आउने भएको छ ।

श्रोतका अनुसार नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडिहरु २० मार्च २०१९ बुधवार, कतार एअरवेजको फ्लाईट नं. QR१०७६ बाट बिहानको ठिक ०४.०० बजे कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन हुनेछ भने २१ मार्चको बेलुकी कुवेतसँग फ्रेण्डली म्याच(मैत्रीपूर्ण खेल) हुने बताईएको छ ।

कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त समयमा कुवेत बिमानस्थलमा उपस्थित भई देशका राष्ट्रिय खेलाडिहरुको स्वागत गर्न माउण्ट एभरेष्ट क्लबले हार्दिक अनुरोध गरेको छ ।

यसैगरी, २२ मार्चमा हुने क्लवको १७औं माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कपमा समेत राष्ट्रिय खेलाडिहरुलाई पनि उपस्थित गराउने क्लबले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...