Friday 27th March 2026

बैवाहिक भोजमा पसिनाको मसला


तिलाचन बस्याल/ कुवेत- हरेक गतिविधि आफैमा सन्तोषजनक मिलावट रोज्छन् औलाहरुमा गुलियो लगाएर एकछिनको लागि गुलियो रसपान गराउने भनौ या औलो चटाउने परम्परा अध्यागमनमा जौ चढाउने ब्रह्माण्ड देखि खसिको टाउको आफ्नो लमित्वमा अङ्कमाल गर्ने चाहना कुनै बिधान अथवा खगोल शास्त्रमा खोज्नुपर्ने अवस्था आएमा बैवाहिक चाणक्यको दुर्लभता भित्र पर्ने सम्भावना शून्य हुन्छ ।विबाह आफैमा पवित्र कार्य हो परम्परागत रुपमा आफ्ना नाता गोता इस्टमित्र जम्मा बनाएर हरेक नाचगानमा नाचिरहेका जन्तिका खुट्टादेखी दमाहा ठोक्ने पञ्चे बाजा घन्काउने लठ्ठीलाई पनि अप्रत्यक्ष रुपमा कुनै रसले डुबाएको हुन्छ ,बैबाहिक पञ्चाअमृतले हरेक मुहार लठ्ठ हुन्छन् ,यो हल्ला श्रावण प्रत्यक्ष रुपमा भोगिरहेको बेहुलीको उहाँलाई धनका हात्ती र गैंडाहरुले सुवागरातमा मच्चिने सालको बलियो पलङलाई भन्दा उहाँ पक्षको निधारमा रातभरी हरेक ब्यञ्जनको मिठासले अनि पञ्चेबाजाको तालले चट्कन मारिरहेका हुन्छन्।

सानोमा छँदा आमाले स्कुलसम्म पुर्याएका बिबिध सम्झनाका तरेली देखि स्कुलमा सरले थोरै अक्षरको चिनजानमा भ्रम ल्याउदा हातका औला मठारिने गरि दिएका लट्ठिका स्वाँठले देशको आर्थिक उन्नतिका लामा-लामा धर्सा बालापनमै बिछ्याएको हो ,अझ बास्तबिकताको भर्याङमा चढेर भन्ने हो भने बाले खँनियाको बोटमा बल्लबल्ल ठुप्पोमा चढेर डालेघाँसको अन्तिम डालोलाई छप्के मार्दा हसिँया फुत्किएर फेदमा बसेको छोराले स्कुलमा खाँएको लट्ठिको स्वाँठका लामा धर्का मुसारिरहेको बखतमा छोराको टाउकोमा हसिँयाको चुच्चाले खप्पर आधा गराएको जस्तो खासै भिन्नता राखेको कदापि होइन न्यून शिक्षा बाट उच्च शिक्षामा परिणत जवानको बैदेशिक रोजगारी पलायन अनि बेरोजगारीको बन्चराले संयौ कलिला पालुवाहरु छ्वाप-छ्वाप काटिएकै छन् सदाबहार सदाबहार।

यति भनिरहँदा भन्न्नुहोला मसला कता पुग्यो?मसला ब्यञ्जन पकाउँदा बिचको समयमा मात्र थपिने गर्छ त्यसैले मसलाको पालो अब आएको हो भनेर भनाई प्रस्ट पार्दै छु,कुरा बेरोजगारीको हो कुरा सुहागरातको हो कथा झापडको हो,देशको बढ्दो बेरोजगारिको भारिले च्यापिएका नव दम्पती देखि भर्खर फुल्दै गरेका अनि फुल्न लागेका ती तमाम भाले फूलहरुको उन्मुक्त कथा बेरोजगारी नै हो।भरखर दारिका रेखी बसेका नव बयस्क उमेरले खाडिको रातो अनि तातो घामलाई दुई हात फिँजारेर आफ्नै पोल्टामा पार्न खोज्दा कतिका हात चुँडिए कतिका हात गलिरहदा मुस्किलले चुडिनबाट बञ्चित रहे यो हिसाब-किताब देउरालीको एक्लो पिपलमा बसेर  बतास खाँदै लेखा-जोखा गर्नको लागि हर कसैका  हात र खुट्टा काप्ने प्रभाव समस्थ सम्बन्धित गणितिज्ञमा लागू हुन्छ।

केही मसला अघिल्लो पनिउमा पस्किए पनि अझ गम्भीर कुरा यहानेर देखिन्छ,जहाँ नव सम्बन्धमा बाँधिएका रहरलाग्दा सपनाको चरम अनुभुतिलाई पहिलो प्रथमिकतामा राखेर जिन्दगीको सफर तय गरेका नव जोडिहरुको रहरलाई उहाँ पक्षले परदेशबाट लिएर आएको सिमित अवधी सकिन कति समय लाग्छ होला र सम्भवत समय चाल मारेर अघि बढेको हुन्छ कथन भित्र अर्को कथाले दोस्रो पनिउ मसलामा आँच पुर्याउछ।भरखर आफ्नी जहानलाई विभिन्न श्रङ्गारले शरिरमा पहेलो रुप दिएका तमाम गरगहनाको मुल्यलाई मायाको स्वरुपले निन्दा कदापि गर्न सक्दैन यसैले दियोमा तेल थपे जसरी पहेलो कुरालाई हरियो वर्णन यहि सुवाउदैन, यद्यपि कुरा विभिन्न धनरासिमा चोबिएका मसलाको यथावत रहन्छ जुन एक चोटि जिब्रो पड्काएर एक तमासले प्रजनन गराउँदा आफैमा रिक्त हुन्छ ती अत्यावश्यक भन्दा बढी गरिएका खर्चका स्रोत हुन यो नेपाली परम्परामा धन्य सावित नभए पनि एक कोणबाट जुवाको रमिता भन्दा कम कहलिदैन।समयले एकै फन्कोमा ती तमाम सपनालाई अर्थात उहाँ पक्षलाई परदेश फर्काइदिन्छ अवस्था नव दम्पती यसरी टाढिनु पर्दा मुखमा हात घुसारेर आँखाबाट बन्दना पोखेको क्रममा निस्किएको कोलाहल पहाडको खोल्सामा पुगेर फर्किदा परदेशिले जन्मभुमि पार गरिसकेको हुन्छ ,चुम्बक र फलामजस्तो जोडि जबर्जस्त बिदाइको मार्घमा पुग्दा आउने योगफल सोच्नु भन्दा ज्यादा घातक हुन्छ ।

यो विषयक परम्परा कैंयौ घडिहरुमा जोडिएकै छ बदलिने कुनै सुरसार यो रास्ट्रमा सायद पाउन मुस्किल छ,

बसन्तको फेरबदल जस्तै अनेक भरिला एवम रित्ता खल्तिहरुले तमाम नागरिकलाई घच्घच्याईरहेको अवश्य हुन्छ , खाडिको न्यून कमाईले पसिनाको मसला साटफेर गर्ने समस्यासंगै ब्याजले चुली थपिरहँदा हरेक दिनमा क्षितिजहरुले पनि गिज्याउँदै जान्छन् बिहानै कराउने भालेहरु पनि साँझपख कराउन थाल्छन् गतिविधि समाजको ऐना भनुँ या वास्तविक तिनै कलिला बैशहरुको नाशवान बैदेशिक बाध्यताले नेपाली समाजमा चिरहरण गरिरहेको छ ,उक्त बिधानलाई सस्तो रुप दिएर भरिला खल्तिहरुले चुचुराहरुमा ब्याबसायको खम्बा निर्माण गरिदिए बैबाहिक स्वरुपले पिनिएका मसलाहरुले उच्चकोटिको स्वाद हस्तान्तरण गर्ने थिए कि?यसलाई बैबाहिक भोजको मसलाले रसपान गराउनु जरुरी छ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...