Thursday 6th August 2026

कोसेली समुहबाट १ लाख रूपैयाँको शैक्षिक राहत कोष खडा गर्दै समिक्षा बैठक सम्पन्न


तितोपाटी – कोसेली समुह कुवेतले नेपालको बिकट जिल्ला र दुरदराजका विद्यालय र विद्यार्थीलाइ लक्षित गरि कोसेली समुहको तर्फबाट एक लाख रूपैयाँको शैक्षिक राहत कोषको घोषणा गरेको छ । सो रकमको लागि कोसेली समुहका सम्पुर्ण सदस्यहरूबाट दामासाहीले  संकलन गरि नपुग रकम अक्षयकोषबाट थप्ने गरि १ लाखको कोष खडा गरिएको र कुवेतको नेपाली समुदायमा अभियान चलाएर नेपालको बिकट र विपन्न वस्तीका विद्यालय तथा विद्यार्थीको हित हुने गरि प्रोजेक्ट दिन लागेको कोसेली समुहले जनाएको छ ।

समुहले सहयोग अभियान संचालनको लागि समुहको सचिव जयनारायण माझी थारूको संयोजकत्वमा महासचिव मित्रभक्त अाचार्य र सदस्य नवराज पराजुली रहेको सहयोग संकलन उप समिति पनि यस अघि नै गठन गरि सकेको छ । कोसेली समुहको गत फेब्रुअरी १५ तारिक सम्पन्न एघाराैं वार्षिकोत्सव तथा अधिवेशन पश्चात नयाँ कार्य समिति पुनर्गठन गरे पश्चात गत २२ फेब्रुअरीमा बसेको कोसेली समुहको समिक्षा बैठकले सो निर्णय गरेको हो ।

कोसेली समुहको समिक्षा बैठकमा उपस्थित संस्थापक, सल्लाहकार, मिडिया प्रमुख लगायत कार्यकारीहरू सबैबाट अधिवेशनको समिक्षा गर्दै स्थापनाकालदेखि अहिले सम्मको अबस्थामा अाइपुग्दा सम्म सँस्थाले  अारोह अवरोह पार गर्दै एकापसमा माझिंदै र खारिदै अाएकोमा दुइमत छैन भन्दै कोसेली समुहमा कोही ठुलो र सानो भन्ने छैन भन्ने कुरामा सबैले एकमत जाहेर गर्दै नयाँ पुराना सबैलाइ सकृय तुल्याउन कार्य समितिले भूमिका खेल्नु पर्ने कुरामा जोड दिइएको थियो । बैठकमा उपस्थित सबैका विचारहरू मन्थन पश्चात सबैलाइ व्यक्तगत स्वार्थ त्यागेर सामाजिक सोचका साथ सकृय हुन अनुरोध गर्दै एकापसमा मत बाझिएका झिना मसिना विषयलाइ लिएर सँस्थामा विवाद नल्याउन सबै नयाँ पुराना संस्थापक, सल्लाहकार लगायत सबैलाइ अनुरोध गर्दै समुहमा रहेर कार्य गरेपछि अाफुले मान सम्मान खोज्ने भन्दा पनि अरूको सम्मान गर्दै जिम्मेवारी र दायित्व पुरा गर्न सबैमा अाग्रह गरिएको थियो ।

समुह भित्र बसेपछि समुहको अहित हुने वा समुहको विरूद्धमा गरिने कृयाकलाप प्रति शुन्य सहनशिलता रहने बताउँदै यस अघि भए गरेका कमी कम्जोरीलाइ सुधार्दै अागामी दिनमा अझ मजबुद भएर अघि बढ्ने निर्णय गरिएको थियो । समिक्षा बैठकका अवसरमा कोसेली समुहको एघारौं अधिवेशन समारोहमा साहित्य वाचन गरी कार्यक्रमलाइ साहित्यमय बनाउन  सहयोग गरेकोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेतका साहित्य सर्जकहरूलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

सत्य तथ्य  र ताजा समाचार तथा सूचना सम्प्रेषण गर्ने मुख्य उद्देश्य लिएर कुवेत नगरीमा एक दशक अगाडी गठन भइ कृयाशिल रहेको कोसेली समुह कुवेतले समाचार सम्प्रेषण मात्रै नगरेर विभिन्न रचनात्मक कार्यक्रमहरू पनि गर्दै अाएको छ । कोसेली समुहले विभिन्न समयमा मेडिकल क्याम्प, साँस्कृतिक कार्यक्रम, सहयोग अभियान समेत गर्दै अाएको छ भने कुवेतका नेपाली समुदायमा कृयाशिल संघ सँस्था र नेपाली दूतावाससँग हातेमालो र सहकार्य गर्दैअाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको मौसम विभागले देशका केही टापुहरूमा अत्यधिक आर्द्रता (ह्युमिडिटी) का कारण महसुस हुने तापक्रम (Feels-like Temperature) ५९ देखि ७३ डिग्री…

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

प्रतिकृयाहरू
...