Tuesday 28th July 2026

काठमाण्डाैं शहर विश्वका घुम्न लायक उत्कृष्ट १० सहर मध्येमा पाँचाै स्थानमा पर्यो


तितोपाटी – विश्वकै उत्कृष्ट घुम्नै पर्ने सहरमध्ये काठमाडौं पाँचौं स्थानमा परेको छ। पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्ने ‘लोन्ली प्लानेट’ नामको संस्थाले काठमाडौंलाई सन् २०१९ मा घुम्नै पर्ने विश्वकै उत्कृष्ट १० सहरमध्ये पाँचौं स्थानमा छनोट भएको हो। प्लानेटले विश्वका १० उत्कृष्ट सहर छनोट गरी नजिता यसै साता सार्वजनिक गरेको छ। प्लानेटले सार्वजनिक गरेको सूचीमा काठमाडौं पाँचौं स्थानमा परेसँगै पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने भएको छ।

नोन्ली प्लानेटले गत मंसिर २७ गतेसम्म प्रतिस्पर्धाको अन्तिम समय राखेर यसैसाता नतिजा सार्वजनिक गरेको हो। सन् २०१९ को भ्रमणका लागि उत्कृष्ट १० सहरमा पहिलो सहरमा डेनमार्कको कोपनहेगन, दोस्रो चीनको सेन्जेन, तेस्रो सर्वियाको नोविसाड, चौथोमा अमेरिकाको मैमी र पाँचौंमा नेपालको काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौमा डाकरको सेनेगल, आठौंमा अमेरिकाको सित्तल, नवौंमा जादरको क्रोसिया र १० औं सहरमा मेक्नेस देशको मोरोक्को रहेका छन्।

सरकारले सन् २०२० लाई नेपाल नेपाल भ्रमण वर्ष घोषणा गरेको २० लाख पर्यटक भित्राउने लक्ष्यसहित कार्यक्रम सुरु गरेको बताउदै यो नतिजाले थप सहयोग पुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री रविन्द्र अधिकारीले बताए।

२०७२ सालको भूकम्पले क्षति पुर्याएको काठमाडौंका पुरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको अधिकांस भ्रमण क्षेत्रको पुनःनिर्माण सम्पन्न भएकाले काठमाडौं घुम्नलायक भएको लोन्ली प्लानेटको ठहर छ।

विश्वसम्पदा सूचीमा रहेका सात सम्पदा एउटै सहरमा हुने काठमाडौं विश्वकै एउटा मात्र सहर हो।

मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौं उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने भएकाले उत्कृष्ट सहरको छनौटमा परेको उल्लेख छ। यसरी विश्वकै पाँचौं सहरको रुपमा काठमाडौं छनौट हुनु आम नेपालीको लागि उलब्धि भएको भन्दै सबैले सकरात्मक प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गर्न नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले अपिल गरे।

प्लानेटले हनुमान ढोका, इन्द्रचोक, गार्डेन अफ ड्रिम, इतुम वहाल, असन टोल, दरबार स्क्वाइर, नक्साल चोक, सेतो मछिन्द्रनाथ मन्दिर, कुमारी वहाल, त्रिभुवन म्युजियम, तलेजु मन्दिर, नारायणहिटी म्युजियम, बाङगेमुढा मुख्य पर्यटकीय स्थलको रुपमा उल्लेख गरेको छ।

उपत्यका आसपासमा रहेका सेतोभैरव, कालाभैरव, मोहनकालीचोक, सुन्दरी चोक, लोहन चोक, इन्द्रपुर मन्दिर, काठेसिम्भु स्तुपा, कृष्ण, जगन्नाथ मन्दिर, शिव पार्वती, यत्खा वहाल, कइसेर लाइव्रेरी, अन्नपूर्ण मन्दिर, देगुतलेजु मन्दिर, सिद्धार्थ आर्ट ग्यालरी, पचली भैरव, भगवती, तानादेव मन्दिर, रानीपोखरी, असोक विनायक, रामचन्द्र मन्दिर लगायतका घुम्नैपर्ने स्थानलाई उल्लेख गरेको छ।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

एआईको बढ्दो प्रयोगसँगै विश्वभर डाटा सेन्टर निर्माणको विरोध बढ्दै गएको छ। एक अध्ययनअनुसार मानिसहरू एआईका अन्य जोखिमभन्दा यसको वातावरणीय प्रभाव—जस्तै…

प्रतिकृयाहरू
...