Wednesday 14th January 2026

कोसेली समूहको वार्षिक उत्सव तथा अधिवेशन सम्पन्न,अध्यक्षमा आनन्द आचार्य


बसन्त थापा- कोसेली समुह  कुवेतले ११आै वार्षिकोत्सव तथा अधिबेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गर्दै आनन्द आचार्यलाई सर्बसम्मतले अध्यक्षमा निर्बाचित गरेको छ । हिजो १५ फेब्रवारी २०१९ सुक्रवारको दिन  फरवनिया स्थित द्वाही प्यालेस रेष्टुरेरण्टको सभाकक्षामा सम्पन्न अधिवेशनले मरूभूमिको कोसेली छापा पत्रिकाको ३० अाैं अंक समेत प्रकाशन गरि सार्वजनिक गरेको थियो ।

उक्त कार्यक्रमका अध्यक्ष नबराज पन्थीको सभापतित्वमा र प्रमुख अतिथिमा नेपाली दूतावास कुवेतका कार्यवाहक राजदूत प्रकाशमणि पौडेल,रहेका थिए भने बिशेष अथितिमा नेपाली दूतावास कुवेतका, दूर्तिय सचिव ज्ञान बहादुर मगर, एन आर एन ए, कुवेतकी अध्यक्ष सुमित्रा पौडेल लगायतको,अातिथ्यतामा पानसमा दिप प्रज्जलित गर्दै कार्यक्रम उद्घाटन गरिएको थियो।

कार्यक्रम संचालक सचिव चन्द्र बिस्वकर्माले गरेका थिए भने कार्यक्रमको सुभारम्भ गर्नका निमित्त राष्ट्र र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रिय गान,साथै सस्थाका महासचिव जीवन बिकले स्वागत मन्तव्य राखेका थिए।

कुवेतबाट प्रकाशित हुने एकमात्र छापा पत्रिका मरूभूमिको कोसेलीको कार्यक्रमका सभापति, प्रमुख अतिथि,बिशेष अतिथि, तथा यसै सस्थाका संरक्षक तथा सल्लाहकार द्वारा विमोचन गरिएको थियो भने संस्थाको तर्फ बाट सम्छिप्त रूपमा संस्थाको गतिबिधि प्रस्तुत गर्दै संस्थागत मन्तब्य आयोजक नव नियुक्त अध्यक्ष आनन्द आचार्यले  प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रममा बिभिन्न रचनाहरु बाचन गर्ने सम्पूर्ण साहित्य अनुरागीहरुबाट साहित्य वाचन गरी सहित्यमय वातावरणमा अधिवेशन कार्यक्रम भरि नै राैनकता छाएको थियो ।

उक्त कार्यक्रममा कोसेली समूहले तितोपाटी डट कम का प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरीकृष्ण न्यौपानेलाई कुवेत जस्तो ठाउमा रहेर निस्पक्षय पत्रकारिता र बिभिन्न परोपकारी कार्यहरू गर्दै आएको बताऊदै उक्त कार्यको कदर गर्दै मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

नयाँ कार्य समीति सस्थाको नियमित बैठक पछी, संरक्षक सल्लाहकार हरुको उपस्थितिमा पूरानो कार्यसमिति भंग गरि नया कार्यसमिति चयन गरिसकेको हुनाले उक्त दिन संस्थाको संरक्षक मनु भुजेलले नयाँकार्य समीतिको नामावाली सार्वजनिक गरेका थिए।

अधिवेशन समारोहमा कुवेतमा कृयाशिल संघ सँस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, कुवेतमा संचालित मिडिया हाउसका पत्रकारहरू, समाजसेवी, वुद्धिजीवि, साहित्यकर्मी, खेलाडी, कलाकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्ने क्रममा सुजन केसी, प्रदीप नेपाली, कुमार झापाली, दिल पख्रिन, हरीकृष्ण न्यौपाने, तेस्तै एन आर एन ए कुवेत बाट अध्यक्ष- सुमित्रा पौडेल,नेपाली दूतावास कुवेतबाट- ज्ञान बहादुर मगर, प्रकाशमणी पौडेल, लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको समिक्षा गर्दै प्रवासी भूमिमा रहेता पनि कोसेली समूहले कुवेतमा रहेर निकै महत्वपुर्ण भूमिका निर्वाह गरेकोले आगामी दिनहरुमा पनि यसरी नै निरन्तरता बढी रहोस भन्दै नव गठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य दिएका थिए।

अन्त्यमा आयोजक समूहका अध्यक्ष आनन्द आचर्य बाट उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो।

कोसेली समूह कुवेतको नयाँ क्रार्य समीतिको तालीका निम्न अनुसार रहेको छ। नयाँ कार्यसमितिका पदाधिकारी हरुको नामवली 

कोसेली समुह कुवेतको ११ औै वार्षिकोत्सव तथा अधिवेशनबाट तपसिल बमोजिमको नयाँ कार्य समिति गठन गरिएको छ ।

संरक्षक- सुजन केसि

सल्लाहकारहरु- मनु भुजेल मगर, इन्द्र पोखरेल, तोयानाथ दाहाल, शिब प्रसाद कोइराला,

अध्यक्ष तथा प्रवन्ध निर्देशकः आनन्द आचार्य

उपाध्यक्षः  टोमलाल पराजुली, जिवन कुमार बि.क. , जानकी जानु,

महासचिवः मित्रभक्त आचार्य

सचिवः जयनारायण माझी थारु

कोषाध्यक्षः राजन श्रेष्ठ

सह–कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ

कार्यकारी सदस्यःगौतम अम्गाईं, खड्ग कार्की,चन्द्रकला बि.क.,

उपरोक्त बमोजिमको कार्य समिति रहने छ भने कोसेली बचत कोषमा रहेका सम्पुर्ण सदस्यहरु स्वतः पदेन सदस्य रहनेछन् ।

कोसेली समुहका पदेन सदस्यहरू निम्न बमोजिम रहेका छन ः

नबराज पन्थी
हरिकृष्ण न्याैपाने
लोमस बास्तोला
नारायण प्रसाद पोखरेल
राजु कार्की
बिमला पण्डित
माधब पाैडेल
गुलाम नबी मन्सुर
अमर खड्का
नवराज पराजुली
बसन्त थापा
चन्द्र बहादुर बि.क.
सुभद्र प्रसाइ
प्रसाद तिम्सीना
भगवती थापा
मनीष अमगाई
बेदनाथ हुमागाइ
हिरा दर्लामी
नारायण काफ्ले
पाना प्रसाद श्रेष्ठ
शेर शिंह सनार
साबिन सुनार
सुर्यस्वरी याक्खा
राजकुमारि याक्खा
कृष्ण प्रसाद आदिकारी

उपरोक्त बमोजिमको कोसेली समुह रहनेछ भने कोसेली समुह भित्रको मिडिया हेर्ने सम्पादकिय टिम छुट्टै रहनेछ जसमा प्रधान सम्पादक, कार्यकारी सम्पादक, सम्पादकहरू विभिन्न पदिय जिम्मेवारीमा कलम चलाउने मिडियाका सदस्य साथीहरू रहनेछन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...