Sunday 8th March 2026

विन्डोज ८ पछिका अपरेटिङ सिस्टम भएका डेस्कटप र ल्यापटपलाइ कसरी छिटो खुल्ने बनाउने ?


तितोपाटी – सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने यस्तो छ :

१. फास्ट बुट अप्सन अन गर्नुहोस्

विन्डोज ८ पछिको संस्करणहरुमा फास्ट बुटको अप्सन राखिएको छ । यसका लागि विन्डोजको Control Panel खोल्नुहोस् । यस पछि Hardware and Sound (हार्डवेयर एण्ड साउण्ड) को Power Options (पावर अपसन्स)को मेनुको तल्लो भागमा “Change what power buttons do” भन्ने अप्सनमा क्लिक गर्नुहोस् । माथि पट्टी रहेको “Change settings that are currently unavailable” मा क्लिक गर्नुहोस् । यसपछि Shutdown Settings मा रहेको Turn on fast startup भन्ने अप्सनमा टिक लगाउनुहोस् र Save Changes मा क्लिक गर्नुहोस् ।


२. स्टार्ट अपका प्रोग्रामहरु बन्द गर्नुहोस्

स्टार्ट अपमा अटोमेटिक धेरै प्रोग्रामहरु एकै पटक खुल्नाले कम्प्युटर स्लो हुन जान्छ । स्टार्ट अपमा थोरै प्रोग्रामहरु खुल्ने बनाउनका लागि Task Manager टास्क म्यानेजर खोल्नुहोस् । टास्क म्यानेजर खोल्नका लागि Ctrl + Shift + Esc बटनहरु एकै पटक दबाउनुहोस् । टास्क म्यानेजर खुलेपछि त्यहाँको Startup ट्याबमा जानुहोस् । त्यहाँ सबैलाई एक एक गरि Disable गरिदिनुहोस् । यहाँ सबै Disable गरे पनि तपाईको कम्प्युटर चलाउदा भने केहि अफ्ट्यारो पर्दैन, तर कम्प्युटर निकै चाडो खुल्न चाहिँ सुरु गर्छ ।

३. हार्ड डिस्कको सट्टा एस् एस् डी इन्स्टल गर्नुहोस्

हार्डडिस्क भन्नले हाम्रो कम्प्युटरमा प्रयोग हुने डिस्कहरुलाई बुझिन्छ । यो निकै पुरानो प्रविधिमा आधारित रहेको छ भने यिनीहरु नयाँ एस् एस् डी को तुलनामा निकै स्लो हुन्छन् । कम्प्युटर फास्ट खुल्ने र चल्ने बनाउनका लागि हार्ड डिस्कलाई हटाएर एस् एस् डी इन्स्टल गर्न सकिन्छ । यिनीहरु हार्ड डिस्कको तुलनामा महँगा हुन्छन् तर एस् एस् डी को प्रयोग आयु, स्पिड र गुणस्तर भने हार्ड डिस्कको भन्दा निकै राम्रो हुन्छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...