Friday 7th November 2025

भारतको राजधानी नयाँ दिल्लीको अर्पित प्यालेस होटलमा हिँजो अागलागी हुँदा १७ जनाको मृत्यु


तितोपाटी – भारतको राजधानी नयाँ दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मंगलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको भारतीय अग्निनियन्त्रण विभागले जनाएको छ। आगलागीमा परी अन्य ११ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित होटेलमा मंगलबार विहान ४ बजेर ३० मिनेटमा सो आगलागी भएको थियो। तत्काल बारूण यन्त्रसहित केही अग्निनियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावालाई उद्धृत गर्दै एएनआईले जनाएको छ। विभागका प्रमुख अतुल गर्गले भने, ‘सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई बिहान ४ बजेर ३५ मिनेटमा आगलागी भएको होटलतर्फ पठाइएको थियो र सो टोलीले होटेलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेका थिए।’

उद्धार टोलीले घटनास्थलबाट १३ जनाको शव राम मनोहर लोहिला अस्पताल र अन्य चार जनाको शव लेडी हार्डिनेज मेडिकल कलेज तथा बिएलके अस्पताल अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको जानकारी दिएको छ । एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटेलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ।

आगोमा जलेर घाइते बनेका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको अग्निनियन्त्रण विभागले दिएको जानकारी उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ। प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, ‘आगलागी मा घाइते भएका केहीको अवस्था गम्भीर रहेकोले मृतक संख्या बढ्नसक्ने अनुमान गरिएको छ । चारतले सो होटेलमा ३५ कोठा रहेका थिए भने सोमबार उक्त होटेल एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...