Thursday 20th August 2026

कुवेतमा १८ दिन देखी बेपत्ता राजु सडक दुर्घटना पछी अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिए


हरि कृष्ण न्यौपाने/ आनन्द आचार्य – १८ दिन अघी आफ्नो कम्पनीले कुवेतको सल्मियाको एक होटलमा दिएको स्टाफ पार्टीमा समाबेश भई कोठामा फर्किदा निस्किए देखी एका-एक बेपता भएका काठमाण्डौ सुकेधाराका राजु घर्ती मगर कुवेतकै अल मुबारक अस्पातलमा चिन्ताजनक अवस्थामा भेटिएका छन।

करिब २३ वर्षदेखि कुवेतमा कार्यरत राजु हाल कुवेतको पाल्म बिच होटल(Palm Beach Hotel)मा हाउस किपिङको काम गर्दै आएका थिए।उनी आफ्नै होटलले गत २७ जनावरी,२०१९का दिन दिएको स्टाफ पार्टीबाट आफ्नो कोठामा आउने क्रममा एका-एक हराएका थिए।यसै क्रममा नेपाली दुताबास कुवेत मार्फत कुवेत प्रहरी र सम्बन्धित निकाय,कम्पनी प्रतिनिधि तथा राजुका साथिहरुले खोजी गर्ने क्रममा राजु कुवेतको जाब्रिया स्थित अल मुबारक अस्पातलमा भेटिएका छन।सल्मियाको गल्फ रोडमा सडक दुर्घट्ना(पैदल हिंड्ने क्रममा गाडीले ठक्कर)दिएर सख्त घाइते भए पछिको अवस्थामा अस्पातल पुर्याइएको र राजुको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको राजुका साथीहरू धन नारायण श्रेष्ठ तथा तेज बहादुर श्रेष्ठले तितोपाटी डट कम लाई बताए।

५२ बर्षिय राजुका एक छोरा, एक छोरी अनी श्रीमती(सांग्रिला होटल काठमान्डौमा कार्यरत)तथा परिवार र आफन्तहरु राजु एका-एक बेपता भए पछी चिन्तित रहेका छन भन्दै तेज बहादुर श्रेष्ठ भन्छन, “अल मुबारक अस्पातलमा १६ नं वार्डको बेड नं-४मा अझै पनि बेहोस अवस्थामा उपचाररत राजुको अबस्था चिन्ताजनक अनी खतरा मुक्त भै नसकेको डक्टरहरुले बताएका छन।

नेपाली दूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले पनि राजु घर्ती मगर सडक दुर्घटना पछि अस्पातलमा चिन्ताजनक अवस्थामा रहेको जानकारी दूतावासले पाएको र राजुको कम्पनी प्रतिनिधिहरुसंग पनि निरन्तर संपर्कमा रहेको बताए।शर्माले भने, “नेपाली दूतावासले अस्पातल,कम्पनी, सम्बन्धित निकायहरु र सडक दुर्घटनामा परेका राजुका साथीहरु,परिवारसंग निरन्तर संपर्कमा रही आबस्यक समन्वय गरेर उनको राम्रो उपचारका लागि पहल गर्दै सम्बन्धित निकायबाट सडक दुर्घटनाको रिपोर्ट मागी कानुनी सहायतामा लाग्ने छौ।”


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...