Wednesday 21st January 2026

प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी १४ जुन २०१९ मा हुने


तितोपाटी – “सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ । सो कुरा समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ जानकारी गराएका छन् ।

समाजले आफ्नो वार्षिकोत्सव तथा अधिबेशन लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न स्थानिय कलाकारहरुको प्रस्तुति रहने जनाए पनि कार्यक्रम स्थल भने तोकिसकेको छैन । उक्त दिन कुवेतमा रहेका कृयाशिल नेपाली संघ सस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन र उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन समाजले हार्दिक आग्रह गरेको छ ।

कार्यक्रमको विवरणः

कार्यक्रम: वार्षिकोत्वस तथा अधिबेशन,साथै सांगीतिक प्रस्तुतिहरु
समय: ११ बजेदेखि
मिति: १४ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत
सल्लाहकार रोशन हाङ्खिम


सम्बन्धित शीर्षकहरु

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

प्रतिकृयाहरू
...