Saturday 28th March 2026

प्रवासी इलामेली सेवा समाज कुवेतको प्रथम अधिवेशन आगामी १४ जुन २०१९ मा हुने


तितोपाटी – “सम्मृद्द समाज निर्माण र विकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको विशेषता ” भन्ने मुल नारा लिएर गत वर्ष ११ मइ २०१८ मा स्थापना भएको प्रवासी इलामेली सेवा समाज कुबेतले आफ्नो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्रबारको दिन बिभिन्न सांस्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ । सो कुरा समाजका सल्लाहकार रोशन हाङखिमले तितोपाटी डट कम लाइ जानकारी गराएका छन् ।

समाजले आफ्नो वार्षिकोत्सव तथा अधिबेशन लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न स्थानिय कलाकारहरुको प्रस्तुति रहने जनाए पनि कार्यक्रम स्थल भने तोकिसकेको छैन । उक्त दिन कुवेतमा रहेका कृयाशिल नेपाली संघ सस्था लगायत बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन र उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन समाजले हार्दिक आग्रह गरेको छ ।

कार्यक्रमको विवरणः

कार्यक्रम: वार्षिकोत्वस तथा अधिबेशन,साथै सांगीतिक प्रस्तुतिहरु
समय: ११ बजेदेखि
मिति: १४ जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत
सल्लाहकार रोशन हाङ्खिम


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...