Sunday 12th April 2026

गजल


-हरि कंडेल

भावीले दु:ख कष्ट लेखी दिएको निधार भए पछि।
लागे परदेश आफ्नै देशमा म बेरोजगार भए पछि।

जिन्दगीको अनुभव बाट भन्छु सीप सिक्नु होला,
पछुताउनु पर्छ नत्र बिदेश आउन हतार भए पछि।

देश भित्र रेमिटेन्स अर्बौं खर्बौं भित्र्याए पनि हेर्नु।
बिकास हुन सक्दैन देशमा भ्रष्टाचार भए पछि।

आज स्वर्गमा सहिदहरु रोएको सपना देखे मैले,
जनतालाई त्रिपाल नेताहरूलाई दरबार भए पछि।

नेपाल आमाको माया मेरो मुटुमा छ धड्कनमा छ,
फर्की आउने छु सपनाहरू मेरा साकार भए पछी।

नोटः गजलकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सँग सम्वद्ध सर्जक हुन ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...