Thursday 25th December 2025

गजल


-हरि कंडेल

भावीले दु:ख कष्ट लेखी दिएको निधार भए पछि।
लागे परदेश आफ्नै देशमा म बेरोजगार भए पछि।

जिन्दगीको अनुभव बाट भन्छु सीप सिक्नु होला,
पछुताउनु पर्छ नत्र बिदेश आउन हतार भए पछि।

देश भित्र रेमिटेन्स अर्बौं खर्बौं भित्र्याए पनि हेर्नु।
बिकास हुन सक्दैन देशमा भ्रष्टाचार भए पछि।

आज स्वर्गमा सहिदहरु रोएको सपना देखे मैले,
जनतालाई त्रिपाल नेताहरूलाई दरबार भए पछि।

नेपाल आमाको माया मेरो मुटुमा छ धड्कनमा छ,
फर्की आउने छु सपनाहरू मेरा साकार भए पछी।

नोटः गजलकार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत सँग सम्वद्ध सर्जक हुन ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...