Saturday 25th May 2024

जुवा खेलाएको आरोपमा कुवेतको माहबुलाबाट १४ नेपाली पक्राउ


तितोपाटी – कुवेतको माहबुला ब्लक – २ स्थित झाडीमा रहेको भलिबल मैदान नजिक जुवा खेलाएको तथा खेलेकाे आरोपमा १४ जना नेपाली कामदारहरू पक्राउ परेका छन् । कुवेतको अहमदि गभर्नरेट अन्तर्गतको सुरक्षाबलले माहबुला स्थित झाडी अासपासबाट लंगुरबुर्जा, खडखडे, काैडा खेलाएको आरोपपमा  ति नेपालीहरूलाइ पक्राउ गरेको हो । यो समाचार सामाजिक पोर्टल आइमनमाटमा प्रकाशित भएको छ ।

प्राप्त समाचार अनुसार स्थानिय प्रहरीले अाज ति जुवाडेहरूलाइ पक्राउ गरि डिपोर्टेशन प्रकृयाको लागि सम्बन्धि विभागमा पठाएको बुझिएको छ । कुवेतको कानुन अनुसार जुवा खेल्न खेलाउन तथा मदिरापान निशेधित छ । निशेधित हुँदा हुँदै पनि नेपाली कामदारहरू कोही मदिराको कारोवारमा, कोही लागु पदार्थको ओसार पसार तथा सेवनमा र कोही जुवा खेल्न खेलाउने कार्यमा संलग्न भएको अारोपमा बेला बेलामा कुवेत प्रहरीद्दारा पक्राउ पर्ने गरेका छन् ।

माहबुलामा विगत लामो समय देखि खडखडे, लंगुरबुर्जा, काैडा हान्ने लगायतका जुवा खेल्ने खेलाउने र मदिरा समेत विभिन्न चिसो पेय पदार्थमा मिसाएर बेच्ने गरेको हल्ला चलिरहेको थियो भने स्थानिय प्रशासनले पटक पटक सचेत गराउँदा पनि त्यस किसिमका गैरकानुनी काम नरोकिए पछि कुवेत प्रहरीले अाज जुवा खेल्ने खेलाउने १४ जनालाइ पक्राउ गरि उनीहरूले अस्थायी रूपमा जुवा खेलाउन प्रयोग गर्दै आएको ठाउँमा डोजर समेत लगाएको हो ।

 


सम्बन्धित शीर्षकहरु

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्‍यो जसले सौन्दर्य उत्साहीहरू…

प्रतिकृयाहरू
...