Tuesday 20th January 2026

ओखलढुंगामा छोराले गरे चिर्पट प्रहार गरी आमाको हत्या


तीतोपाटी-ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् ।

बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यलयलामा भने बिहिबार बेलुकामात्रै खबर आएको थियो । त्यसलगत्तै प्रहरी निरीक्षक राजिव श्रेष्ठको टोली घटनास्थल पुगी छानबिन गरेको थियो । छानविनका क्रममा छोराले आमाको हत्या गरेको पुष्टि भएपछि टंक बहादुरलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याइँदै छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...