Thursday 26th March 2026

ओखलढुंगामा छोराले गरे चिर्पट प्रहार गरी आमाको हत्या


तीतोपाटी-ओखलढुंगामा चिर्पट प्रहार गरी छोराले आफ्नै आमाको हत्या गरेका छन् । चम्पादेवी गाउँपालिका ५ पोखरेका ३८ वर्षीय टंकबहादुर कार्कीले चिर्पट प्रहार गरी ६३ वर्षीय आमा नरमाया कार्कीको हत्या गरेका हुन् ।

बुधबार बेलुका सामान्य घरायसी झगडा हुँदा टंकबहादुरले आमालाई चिर्पट प्रहार गरेको स्थानीयले बताएका छन् । चिर्पट प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टंकबहादुरले श्रीमतीसँगको रिसले आमाको टाउकोमा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यलयलामा भने बिहिबार बेलुकामात्रै खबर आएको थियो । त्यसलगत्तै प्रहरी निरीक्षक राजिव श्रेष्ठको टोली घटनास्थल पुगी छानबिन गरेको थियो । छानविनका क्रममा छोराले आमाको हत्या गरेको पुष्टि भएपछि टंक बहादुरलाई पक्राउ गरी प्रहरी कार्यालय ल्याइँदै छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...