Friday 27th March 2026

चिनी मजदुरले सुरु गरे अनिश्चितकालीन अनशन


तीतोपाटी-महोत्तरीको  गौशला नगरपालिकामा रहेको एभेरेष्ट्र  सुगर एन्ड केमिकल इन्डस्ट्रिज लिमिटेडका मजदुरहरुले बिहीबारदेखि अनिश्चितकालीन आमरण  अनसन थालेका छन् । चिनी उद्योगले मजदुरलाई बर्षाैदेखी दिँदै आएको  विशेष भत्ता,अतिरिक्त भत्ताका साथै अन्य सुविधाहरु यसै बर्षको साउन महिनादेखि कटौती गरेपछि मजदुरहरुले आईतबारदेखी चरणबद्घ रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । सोही क्रममा आजदेखि मजदुरहरुले आमरण अनशन सुरु गरेका हुन् ।

आमरण अनशनको उद्घाटन महोत्तरी क्षेत्र नम्बर १, (ख) का प्रदेशसभा सदस्य भरतप्रसाद शाहले गरेका छन् । अनशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मजदुर हक हितको पक्षमा आफू सधैं लड्दै आएकाले मजदुर आन्दोलनमा ऐक्यबद्धता जनाउन अनशन कार्यक्रममा आएको बताए ।

सभासद् साहले मजदुरले उठाएका मुद्धाहरुलाई उद्योग व्यवस्थापन, स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारलाई आफूले ध्यानाकर्षण गराउने प्रष्ट पारे । मजदुर आन्दोलन ५ दिन बितिसक्दा पनि उद्योग व्यवस्थान पक्षले कुनै चासो नदेखाएको मजदुरहरु बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...