Friday 27th March 2026

मलेसियाको डब्लूआरपी कम्पनीका दुई हजार नेपाली श्रमिक तीन महिनादेखि तलब नपाएपछि आन्दोलित


तिताेपाटी — तीन महिनादेखि तलब नपाएपछि मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै दुई हजार नेपाली श्रमिक सोमबारबाट हड्तालमा उत्रिएका छन् ।

कम्पनीले एक महिनाको मात्रै तलब दिने बताएपछि उनीहरु रोकिएको पुरा तलबको माग गर्दै हड्तालमा उत्रिएका हुन् । ‘हामीले मंगलबार पनि बिहानदेखि नै काम रोकेर बसेका छौँ । तोडफोड नहोस् भनेर प्रहरीले हामीलाई घेरा हालेर राखेको छ’, खोटाङका ललित घलानले भने,‘नियमीत तलब नपाउँदा हामीलाई निकै समस्या भइरहेको छ ।’

डब्लूआरपी कम्पनीले हातमा लगाउने ग्लोब उत्पादन गर्छ । उत्पादिन ग्लोब अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ । श्रमिकले तलब नदिएर खानाको लागि टोकन कार्ड मात्रै उपलब्ध गराउदै आएको बताए ।

नेपाली जनप्रगतिशील मञ्चका पूर्व महासचिव अर्जुन सुवेदीले हड्तालमा उत्रिएका श्रमिकहरु कम्पनी परिसरमै रहेको बताए । उनले श्रमिक र दूतावासबिच समन्वय गरिरहेको बताए ।

श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको बताए । दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । ‘सकभर वार्ताबाटै समस्या समाधान गर्न प्रयासरत हुनेछौँ । वार्ता नमिलेमा कानुनी प्रक्रियामा जानेछौँ’, उनले भने ।

दूतावासले आवश्यकता अनुसार श्रम विभागसँग समेत समन्वय गर्ने जनाएको छ । ती श्रमिकहरुको जनवरी अघिबाट एकहजार रिंगेट न्यूनतम् तलब पाउथे । जनवरीबाट भने ११ सय रिंगेट लागू भएको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित शीर्षकहरु

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

प्रतिकृयाहरू
...