Sunday 15th June 2025

आफ्नै बुबाबाट बलात्कृत १३ वर्षीया बालिकालाई क्यान्सर, उपचारमा खर्च अभाव


तीतोपाटी-आफ्नै बुबाबाट पटक–पटक बलात्कारको शिकार भएकी ओखलढुंगाकी एक बालिकालाई क्यान्सर भएपछि उपचारमा समस्या भएको छ ।

गत भदौ १० गते आफ्नै बुबाबाट बलात्कारको शिकार भएकी सुनकोशी गाउँपालिकाकी १३ वर्षीया (नाम परितर्वन) सितालाई खुट्टाको क्यान्सर भएपछि उपचारमा समस्या भएको हो ।

बाबुबाट पटक–पटक बलात्कृत हुँदै आएकी सिताले प्रहरीलाई खबर गरेपछि राक्षसरुपी बुबालाई भने जेल चलान गरिएको छ । बाबुलाई जेल चलान गरेपछि आमाले समेत अर्कैसँग दोस्रो बिबाह गरेकी हुन् ।

स–साना दुई भाइ र हजुरआमासँग बस्दै आएकी सिता पछिल्लो समय अफ्ठ्यारोमा परेकी छन् । केही समयअघि हजुरआमा पनि बितेपछि झनै बिजोग भएको हो ।

उनका ती दुई भाईहरु अंकल (काका)को शरणमा बस्दै आएका छन् । सिता भने बलात्कृत भएपछि जिल्लास्थित परिवर्तनशिल महिला सामुदायिक संस्थाद्धावारा सञ्चालिन सुरक्षित आवास गृहमा बस्दै आएकी थिइन् ।

करिब दुई महिना सुरक्षित गृहमा बसेपछि उनको एक्कासी दाहिने खुट्टा दुख्नेसँगै सुनिन थालेको थियो । सानोमा भाचिँएको खुट्टा चिसोका कारण दुखेको हुनसक्ने अनुमान गरिएको भएपनि दुखाई झनझन बढ्दै गएपछि उनलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना गरी परिक्षण गर्दा क्यान्सरको लक्षण देखा परेको हो ।

त्यसपछि सितालाई अस्पतालले पनि भक्तपुरस्थित क्यानसर अस्पतालमा रेफर गरेको थियो । अहिले भक्तपुर अस्पतालमा उपचाररत उनको क्यान्सरकोे रिपोर्ट आउन समय लाग्ने बताइएको छ ।

कक्षा पाँचमा पढ्दै आएकी सिताले अझैं पढ्ने चाहना राखेपछि जिल्लाको सुरक्षित आवास गृहबाट महिला सशक्तिकरण अन्र्तगत ग्रामीण नेपालको गरिबी निवारण नामक संस्थामा पठाएको थियो । उनलाई संस्थाले पालनपोषण तथा पठनपाठन गर्ने सर्तमा लगेको हो ।

तर, एक्कसी उनी बिरामी परेपछि एकातिर खर्चको अभाव छँदैछ भने अर्काेतर्फ उनलाई अस्पतालमा रुघ्ने (कुरुवा) मान्छे समेत छैन । जसले गर्दा अस्पतालले समेत उनलाई डिस्चार्ज गरिदिएको छ । अहिले उनी ओखलढुंगाकै सुरक्षित आवासमा फर्किएकी छिन् ।

अस्पतालमा हुदाँ उनलाई दोस्रो बिबाह गरेकी आमाले केही समय कुर्न आएको भएपनि पछिबाट आउनै छाडेको परिवर्तनशील महिला सामुदायिक संस्थाकी अध्यक्ष पेमडोमा शेर्पाले बताइन् ।

उनलाई दोस्रो श्रीमानले कि छोरी त्याग्नुपर्ने कि त आफूलाई त्याग्नुपर्ने धम्की दिएपछि उनले बरु छोरी नै त्याग्ने बताएको शेर्पाको भनाई छ । सिताको जीवन बचाउन उपचार जरुरी रहेको र अस्पतालमा कुरुवाका लागि आफन्त खोजी गर्दा कोही पनि फेला नपरेको शेर्पाले बताइन् ।

सिताको आफन्त (काका) गाउँमा भएपनि उनको पनि आर्थिक अवस्था कमजोर छ । काकाले सितालाई एक पटक भेटेको बताए । अहिले सितामा क्यान्सरको लक्षण देखिएपछि महिला सशक्तिकरण ग्रामीण नेपालको नामक संस्थाले समेत जिम्मा नलिने बताउँदै आएको छ । अब उनलाई आफन्त (काका ) झिकाएर जिम्मा लगाउने तयारी गरिएको छ ।

साभार रातोपाटी


सम्बन्धित शीर्षकहरु

दुबई, संयुक्त अरब इमिरेट्स - इजरायलले इरानी आणविक र सैन्य स्थलहरूमा गरेको भीषण आक्रमणको एक दिनपछि तेहरानको आणविक कार्यक्रममा अमेरिका-इरानी…

दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिइएको शनिबार…

आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ। मानव रगत समूह पत्ता लगाउने…

प्रतिकृयाहरू
...