Monday 19th January 2026

जन्ती बसमा आगलागी: मृत्यु भएका परिवारलाई ५ लाख दिने सरकारको घोषणा


तीतोपाटी-उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।  उर्जा,जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने र सम्पूर्ण घाईतेहरुको उपचार समेत सरकारले व्यहोर्ने निर्णय भएको बताएका छन् ।

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टियामा गत शुक्रवार विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेन्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो । मन्त्री पुनले घटनाप्रति दुखः व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति दिने र घाईतेको सम्पूर्ण उपचार समेत सरकारले व्यहोर्ने बताए ।

  करेन्ट लागेर २१ जना घाईते भएका थिए । १९ जना घाईते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने् दुई जना हाल अस्पतालमै उपचाररत छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...