बसन्त थापा- दुई दिनसम्म लगातार पानी परेपछि अर्घाखाँची जिल्लाको आधिकांस स्थानमा भारी मात्रमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ ।
अर्घाखाँची लगायत उच्च पाहाडी जिल्लाहरुमा केही दिन देखी भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । अर्घाखाँची सहित उच्च पाहाडी जिल्लामा अझै एक दुइ दिन हिमपात हुन सक्ने अनुमान गरिएको छ।
अर्घाखाँची स्थित बिभिन्न स्थानमा हिउँ परेको कारण हिउँसहितको फोटो खिच्न र खेल्न जानेहरुको घुइँचो लागेको छ । गएरातिबाट परेको पानीसँगै अर्घाखाँची संगै नरपानी सहित जिल्लाको उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको हो।
हिमपात र वर्षातका कारण चिसो बढे संगै अर्घाखाँची जिल्लाका, किसानहरु भने खुशी भएका छन यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा ओखर लगायतका फलफूललाई राम्रो गर्ने बताइएको छ।