Thursday 26th March 2026

अर्घाखाँचीमा, बाक्लो हिउँ परेपछि घर बाहिर निस्किन समस्या


बसन्त थापा- दुई दिनसम्म लगातार पानी परेपछि अर्घाखाँची जिल्लाको आधिकांस स्थानमा भारी मात्रमा हिमपात भएको छ । हिमपातको कारण स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ ।

अर्घाखाँची लगायत उच्च पाहाडी जिल्लाहरुमा केही दिन देखी भारी हिमपात भैरहेको छ । पश्चिमी वायुको कारण भएको भारी हिमापत आज बिहानसम्म उच्च भागमा करीब दुइ फिट र सदरमुकाम आसपासमा एक फिट जति हिउ परेको छ । हिमपातले अत्यधिक चिसो बढेपछि बालबालिका र बृद्धबृद्धा बढि समस्यामा परेका छन् । अर्घाखाँची सहित उच्च पाहाडी जिल्लामा अझै एक दुइ दिन हिमपात हुन सक्ने अनुमान गरिएको छ। 

अर्घाखाँची स्थित बिभिन्न स्थानमा हिउँ परेको कारण हिउँसहितको फोटो खिच्न र खेल्न जानेहरुको घुइँचो लागेको छ । गएरातिबाट परेको पानीसँगै अर्घाखाँची संगै नरपानी सहित जिल्लाको उच्च स्थानमा रहेका पहाडी भागमा हिमपात भएको हो।

हिमपात र वर्षातका कारण चिसो बढे संगै अर्घाखाँची जिल्लाका, किसानहरु भने खुशी भएका छन यतिबेला परेको हिउँले गहुँ, जौ लगायतका अन्नबाली तथा ओखर लगायतका फलफूललाई राम्रो गर्ने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...