Monday 2nd March 2026

साप्ताहिक राशिफल(माघ ११ गते देखि १७ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

उच्च जिम्मेवारीमा विवेक पुर्‍याउन सके राम्रो अवसर हात लाग्नेछ । अभिभावकहरूको सुझावको ख्याल गरे प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । होसियारीपूर्वक गरिएको कार्य बाट धन आर्जन गर्न सकिनेछ । साथीहरूले खर्च गराउने चेष्टा गर्नेछन्, संयम अपनाउनुहोला । परोपकारतर्फ आकर्षित भइनेछ ।

वृष

प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार वा उपहार प्राप्त होला । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन् । धैर्यपूर्वक कार्य गरे सफलता हात लाग्नेछ । गरिब तथा असहायहरूलाई गरिने सहयोगले मनको चिन्ता दूर हुनेछ । साताको अन्त्यमा भोजभतेरमा सरिक भइनेछ ।

मिथुन

अध्ययनको सिलसिलामा विदेश भ्रमण गर्ने अवसर जुर्न सक्छ । विपरीत लिंगीहरू आफ्नो व्यक्तित्वप्रति आकर्षित भएको अवस्था छ । अभिभावकले तपाईंको भावनाप्रति बेवास्ता गर्दा खट्पट सिर्जना हुन सक्छ । बुधबारपछिका दिनहरू महत्वपुर्ण सावित हुनेछन् ।

कर्कट

सेवाले आफूलाई उचाइमा पुर्‍याउनेछ । दोष लगाउनेहरू प्रशंसा गर्न थाल्नेछन् । साथीहरूले दिएको सुझावबाट आफ्नो कल्याण नै हुनेछ । आफ्ना सिर्जनशील रचनाका माध्यमबाट प्रतिष्ठित व्यक्तिहरूको मन जित्न सकिनेछ । सेतो पहिरनले कार्यक्षेत्रमा विशेष लाभ पुर्‍याउनेछ ।

सिंह

टाढा भ…एका मित्रले विश्वास गर्ने वातावरण बन्दैछ, केही नम्र भएर कार्य सम्पन्न गर्नुहोला । पूर्वयोजनाबिना आकस्मिक यात्रा गर्नाले अनपेक्षित खर्च आइलाग्न सक्छ । प्रेमिकाले उपहार दिँदै थप प्रस्ताव राख्न सक्छिन् । छिटै निर्णय गर्दा फाइदा होला ।

कन्या

काममा ढिलाइ भए पनि सही मार्ग पहिल्याउन सकिनेछ । मेहनत गर्दा धन आर्जन गर्न सकिनेछ । आफ्नो हठ गर्ने बानीले परिवारमा मनमुटाव सिर्जना गर्न सक्छ । परिस्थतिप्रति बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । बोलीको प्रभावले अरूलाई मन्त्रमुग्ध तुल्याउन सकिनेछ ।

तुला

जतिसुकै सहयोग गरे पनि आफन्तहरूले जस दिनेछैनन् । अभिभावकबाट नयाँ कार्य प्रारम्भ गर्ने प्रेरणा मिल्नेछ । बोलिको प्रभावले अधुरा कार्य पूरा हुनेछन् । नयाँ मित्रको आगमन तथा सहयोगले मन ढुक्क हुनेछ । साताको अन्त्यतिर पारिवारिक भेटघाट तथा भ्रमणले उत्साह जगाउनेछ ।

वृश्चिक

राम्रा अवसर तथा शुभ समाचारले यो सातालाई अनुकूल बनाउनेछन् । अभिभावकको वचन परिर्वतनले मनमा चोट पुग्न सक्छ, संयमताका साथ निर्णय गर्नुहोला । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई अपेक्षा गरेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहारबाट टाढै रहनुमा कल्याण छ ।

धनु

बिनाकारण प्रेमीका रिसाउन सक्छिन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । घरायसी व्यवहारको चटारो आइलाग्न सक्छ । दत्तचित्त भै कार्य गरे लक्ष्य प्राप्त गर्न सकिनेछ । पहेंला फलफूल सेवन गर्दा स्वास्थ्य अनुकूल रहनेछ । अभिभावकको सुझाव तथा भावनाको कदर गर्न सके समस्याहरू स्वत: निर्मूल हुनेछन् ।

मकर

यात्रामा संयम अपनाउनुहोला । नीलो रंग प्रयोग गर्दा उचाइमा पुगिनेछ । बोलीको मधुरताले बिग्रन लागेको सम्बन्धमा मल्हम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदलले शारीरिक दुर्बलता सिर्जना गर्न सक्छ । इष्टमित्रहरूसँग भ्रमणको योग जुर्नेछ ।

कुम्भ

पूण्य आर्जनमा समय व्यतीत हुनेछ । विभिन्न निकायबाट रोजगारीको प्रस्ताव प्राप्त हुँदा मन प्रफुल्लित होला । मौसमी फेरबदलले स्वास्थ्यमा असर पार्न सक्छ, चनाखो रहनुहोला । नयाँ मित्रसँग मनोरञ्जन गर्दा अरुको मन लोभिनेछ । छरछिमेकका मांगलिक कार्यमा सहभागी भइनेछ ।

मीन

विपक्षीहरूले तपाईंलाई ओझेलमा पार्ने प्रयास गर्नेछन्, सचेत रहनुहोला । अवरुद्ध कार्यमा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । दु्रत गतिमा सवारी चलाउँदा दुर्घटना हुन सक्छ । खानपान तथा मनोरञ्जन गर्दा समयको ख्याल गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...