Wednesday 6th August 2025

काँग्रेस पार्टी कार्यालयमा नेविसंघको नाराबाजी


तीतोपाटी-काँग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संस्था नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् ।  चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् । नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

काँग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।  काँग्रेस केन्द्रीय समिति बैठक ११ बजेका लागि बोलाइएपनि पौने १ बजेसम्म सभापति शेरबहादुर देउवा पार्टी कार्यालय नपुग्दा बैठक सुरु हुन ढिला भएको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...