Friday 10th April 2026

गायिका उमा र गायक डीबी,एपीक म्युजिक अवार्ड सहित सम्मानित


बसन्त थापा- लोक दोहोरी गायिका उमा श्रेष्ठ र लोक दोहोरी तथा पप गायक डीबी लोप्चन हालै सम्पन्न एपिक म्युजिक अवार्ड द्वारा अवार्ड सहित सम्मानित भएका छन। 

काठमान्डू स्थित ठमेलमा हालै संचालनमा आएको छाया कम्प्लेक्समा आयोजित नशनल एपिक नेपाल म्युजिक अवार्ड २०७५ मा  आदि गाग्रो पानि छल्किन्छ, बोलको गित बाट सर्वोत्कृष्ट गायिकाको अवार्ड सहित उमा श्रेष्ठ सम्मानित भएकी छिन भने, तेस्तै पब्लिक च्वाइसमा परेका लोक गायक डीबी लोप्चन पनि उक्त कार्यक्रममा अवार्ड सहित सम्मानित भएका छन।

उक्त अवार्ड कार्याक्रमका प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष, तथा पुर्व प्रधान मंत्री (पुष्पकमल दाहाल प्रचण्ड) रहेका थिए।

केहि महिना पहिला मात्र बजारमा आएको आदि गाग्रो पानि छल्किन्छ” बोलको गितमा स्वर : डीबी लोप्चन, र उमा श्रेष्ठको रहेको थियो भने, सब्द रमेश बि जी , र संगीत प्रकास कटवालको रहेको थियो। गायिका श्रेष्ठ, र गायक लोप्चनको आवाजमा हाल सम्म बजारमा रहेका लोक तथा पप गितहरु निकै मन छुने तथा मौलिक गितिएल्बम रहेका छन 

अवार्ड सहित सम्मानित हुन पाउदा गायक लोप्चन, र गायिका उमाले आ-आफ्नो फेसबुकको स्टाटसमा आफु सम्मानित हुनुमा दर्शक श्रोताको मायाँ भएको भन्दै उक्त अवार्ड जिताउने सम्पूर्ण दर्शक श्रोतप्रति लोप्चन, र श्रेष्ठले खुसि व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसरीनै साथ् सपोर्टको खाँचो रहेको बताउदै आभार ब्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...