Tuesday 19th November 2024

रामेछापमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १ को मृत्यु, दर्जनाै घाइते


तितोपाटी – रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन्।  खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित बनेपछि चालकले यात्रु बचाउनका लागि मुख्य सडकबाट शाखा सडकको उकालोबाट गाडी हालेपछि अनियन्त्रित भइ पल्टिएको हो।

बसका चालकले सावधानी नपनाएको भए ठूलै मानविय क्षति हुने घटनास्थलको प्रकृतिले देखाएको छ। घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। सामान्य अवस्थामा रहेकाको भने मन्थलीमा नै उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सैन्य इतिहासमा पहिलो पटक, महिला लडाकु सिपाहीहरू परिचालन मिसनको भागको रूपमा लेबनानमा प्रवेश गरेका छन । उत्तरी कमाण्ड प्रमुख…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५…

मस्कोस् कीभलाई लामो दुरीका अमेरिकी क्षेप्यास्त्रहरूसहित रूसमा भित्री भागसम्म प्रहार गर्न दिने वाशिंगटनको निर्णयले युक्रेनमा द्वन्द्वलाई बढाउँछ र तेस्रो विश्वयुद्ध…

प्रतिकृयाहरू
...