Wednesday 8th April 2026

मालढुंगा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३३ जना घाइतेमा १७ जना गम्भिर


तितोपाटी – पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा अाज बिहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । बेनीबाट नारायणगढ हिँडेकाे ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ । घाइतेहरुको नामावली अहिलेसम्म आएको छैन ।

बेनीस्थित बस काउण्टरबाट १४ जनाको टिकट काटेर छुटेको बसमा ४० जना यात्रु रहेका थिए । सबैजसो घाइतेहरुको टाउको, हात र खुट्टामा बढी चोट लागेको छ।  गम्भिर घाइतेलाई हेलिकोप्टरबाट काठमाडाै‌ं पठाइएको छ। केहीलाई पोखरा पठाइएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ९ बजे पर्वतको डिमुवामा सडक अवरुद्ध हुने भएपछि सो समयअगावै डिमुवा कट्ने गरि बसको गति बढी भएका कारण दुर्घटना भएको हो। तर, दुर्घटनाको एकिन कारण खुलेको छैन। २५ सिटको बसमा क्षमता भन्दा बढी यात्रु चढाएको पाइएको छ। घटनास्थलमा पर्वत, म्याग्दी र बाग्लुङका सुरक्षाकर्मी र सर्वसाधारण उद्धारमा खटिएका थिए। दुर्घटनाकाे यथार्थ बिवरण आउन बाँकी छ।

दुर्घटनास्थलका केहि तस्विरहरूः

 


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...