Friday 3rd July 2026

MHvsMB समु्हद्वारा माघे संक्रान्तीमा वृद्धवृद्धालाइ खाना र न्यानो वितरण


तितोपाटी –  सामाजिक सन्जाल फेसबुक ग्रुप बाट संचालित Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले माघे संक्रान्तिको अवसर पारेर काठमाडौं लाजिम्पाट स्थित ” The Hope Hermitage” आश्रम मा पुगी उक्त अाश्रममा अाश्रय लिइरहेका वृद्धवृद्धाहरूलाई खानपिन गराउनु को साथै न्यानो कपडा वितरण गरेकाे छ । उक्त आश्रममा १९ जना वृद्धवृद्धा बस्दै अाएका छन् । सो कुराको जानकारी उक्त समुहका सदस्य अभिनव शर्माले तितोपाटी डट कम लाई सो कुराको जानकारी गराएका छन् ।

अाफैले जन्माएका सन्तानले नै कतिपय वृद्धवृद्धाहरूलाई वास्ता नगर्दा बुढेसकालमा वृद्धाश्रममा दिनचर्य गुजार्न वृद्धवृद्धाहरू वाध्य भैरहेको अहिलेको असस्थामा Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले भने वृद्धवृद्धाहरूलाइ खाना र न्यानो कपडाहरू वितरण  गरेर उदाहरणिय सामाजिक कार्य गरेको छ ।

सहयोग वितरण कार्यक्रममा उक्त फेसबुक ग्रुपका प्रमुख सन्तोष सिलवालको  साथै ग्रुपका एडमिनहरू मुना बुढाथोकी , प्रबिना ढुँगाना , बिनिता धिताल साथै सल्लाहकार प्रतिछा निरौला, अमिर छेत्री ‌लगायत एक्टिभ मेम्बरको सहभागितामा रहेको थियो ।

कार्यक्रम मा बोल्दै एडमिन प्रबिना ढुंगानाले आमा बुबा भनेको जन्म र कर्म को लागि भगवान हुन भन्दै हामी ले भगवान खोज्न टाढा जानै पर्दैन । हाम्रै घर मा आमा बुबालाइ हेरे पुग्छ भन्दै वेसहारा बनेका वृद्धवृद्धाहरूलाई सहयोग गर्न पाउनु अाफ्नो समुहको लागि खुशीको कुरा भएकी बताएकी थिइन् ।

वृद्धवृद्धाहरूलाई सहयोग गर्ने अभियानमा सहयोग सन्तोष सिलवाल , सृजना खत्री , केशब भट्टराई खुस्बु आचार्य ले अार्थिक सहयोग गरेका थिए । “सकारात्मक सोच समाज परिवर्तन को पाटो , समाज सेवा र मनोरञ्जन हाम्रो बाटो ” मुल नारा रहेको उक्त ग्रुप ले बिभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । यस अघि ब्रोनम्यारो क्यान्सर पिडित अन्जु रहपाललाई पनि आर्थिक सहयोग गरेको थियो।आगामी दिनमा पनि येस्तै सामाजिक काम साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गर्दै जाने उक्त ग्रुपले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

रूसले युक्रेनमाथि ठूलो मात्रामा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि पोल्याण्डले आफ्नो हवाई क्षेत्र सुरक्षित गर्नका लागि लडाकु विमान र हवाई…

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभामा दर्ता हुनु नेपालको युवा शक्ति, राष्ट्रिय अनुशासन र आपतकालीन तयारी क्षमतालाई संस्थागत गर्ने दिशामा एउटा…

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

प्रतिकृयाहरू
...