Friday 26th April 2024

धादिङमा बस दुर्घटना हुँदा १ को मृत्यु, एक घाइते


तितोपाटी – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा २ ख ४६८३ नम्बरको यात्रु बाहक बस अाज बिहान बिहान आफैं अनियन्त्रित भई पुलको बायाँ साइडमा पल्टिएको हो। दुर्घटनामा बर्दिया सेरुवा गाउँपालिका २ बस्ने १८ वर्षका नरेन्द्र थारु चौधरीका मृत्यु भएको छ।

बाँया खुट्टामा गम्भीर चोट लागेका उनको उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा सोही ठाउँ बस्ने बल बहादुर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बसमा ३९ जना यात्रु सवार थिए।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...