Monday 19th January 2026

रूपन्देहीमा प्रहरी र तस्करबिच भिडन्त हुँदा १ तस्करको मृत्यु, १ प्रहरी घाइते


तितोपाटी – रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबीच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे।

उनले भने, ‘तस्करी राेक्न यहाँबाट प्रहरी पठाएका थियौ, मधयरातमा प्रहरी माथि नै पहिला तस्करहरुले फायर खोलेका थिए, मोटरसाईकलमा आएका तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरी माथि नै गोली चलाएपछि बाध्य भएर प्रहरीले पनि फायर खाेलेकाे थियाे।’

तस्करको गोली लगेर एक जना प्रहरी समेत घाइते भएका छन्। उनको बाँया पाखुरामा गोली लागेको एसपी थापाले बताए। उनका अनुसार प्रहरीको गोली लागेर मृत्यु भएको तस्करको भने अहिले सम्म पहिचान खुलेकाे छैन्। मृतकको शव पोष्टमार्टमका लागि भिम अस्पतालमा राखिएको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...