Monday 25th August 2025

कुवेतवासी नेपालीको माया लिएर नेपाल फर्किए खुमन


बसन्त थापा / अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ वर्षको अवसर पारेर अथिति कलाकार खुमन अधिकारी गत बिहिबारका दिन कुवेत आएका थिए।

शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रममा गायक अधिकारीले कुवेतवासीलाई छम छमी नचाउन सफल भएका थिए ।

बिगत लामो समय सम्म देखि कलाकारिता क्षेत्रमा रहदै आएका खुमनले दर्जनौ लोकगित हरुमा आवाज भरि सकेका छन भने देश बिदेशका विभिन्न कार्यक्रम हरुमा पनि उत्तिकै ब्यस्त रहदै आएका छन।

कुवेतस्थित नेपालीहरु द्वारा आफुले धेरै माया पाएको बताउदै, खुमनले खुसि ब्यक्त गरेका थिए,भने, हिजो बिहान अर्थात सोमबारको दिन कुवेतवासीको माया लिएर गायक खुमन शाद अब्दुल्ल्हा बिमानस्थल हुदै फ्लाई दुबई द्वारा नेपाल फर्किएका हुन् भने ।

कुवेतमा कार्यरत नेपालीहरुले पनि खुमले दिएको प्रस्तुति सांगीतिक कार्यक्रम निकै उत्साहित पूर्ण रहेको बताउदै, आगामी दिनहरुमा पनि खुमनलाई कुवेतको नगरीमा देख्न पाईयोस भन्दै बताएका थिए।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...