Saturday 14th March 2026

कतार सरकारले त्यहाँको जेलमा रहेका ९ नेपाली बन्दी लाई आममाफी दियो


तितोपाटी – कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका बन्दी मध्ये असल चालचलनमा रहने बन्दीहरुलाइ आममाफी मार्फत रिहाई गर्दै आएको छ भने यसपटक कतार स्थित नेपाली दूतावासको पहलमा ९ जना बन्दी रिहा हुन सफल भएको दूतावासले जनाएको छ ।

आममाफी मार्फत को को रिहा भएका हुन भन्ने बारे दूतावासले खुलाएको छैन । “बन्दीहरुले आफ्नो नाम ठेगाना सार्बजनिक नगर्न अनुरोध गरेपछि हामीले गोप्य राखेका हौ ” दूतावास स्रोतको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...