Thursday 15th January 2026

कतार सरकारले त्यहाँको जेलमा रहेका ९ नेपाली बन्दी लाई आममाफी दियो


तितोपाटी – कतारको केन्द्रिय कारागारमा लामो समय देखि जेल जीवन बिताउदै आएका ९ नेपाली बन्दीलाई त्यहाँको सरकारले आममाफी दिएको छ। गत डिसेम्बर १८ तारिकका दिन कतारको राष्ट्रिय दिवसको अवसरमा ती बन्दीहरुलाइ चालचलनको आधारमा अपराधको प्रकृति हेरि आममाफी दिइएको दूतावास स्रोतले जानकारी दिएको छ।

कतार सरकारले हरेक वर्ष राष्ट्रिय दिवसको अवसरमा कदै भुक्तान गरि रहेका बन्दी मध्ये असल चालचलनमा रहने बन्दीहरुलाइ आममाफी मार्फत रिहाई गर्दै आएको छ भने यसपटक कतार स्थित नेपाली दूतावासको पहलमा ९ जना बन्दी रिहा हुन सफल भएको दूतावासले जनाएको छ ।

आममाफी मार्फत को को रिहा भएका हुन भन्ने बारे दूतावासले खुलाएको छैन । “बन्दीहरुले आफ्नो नाम ठेगाना सार्बजनिक नगर्न अनुरोध गरेपछि हामीले गोप्य राखेका हौ ” दूतावास स्रोतको भनाइ छ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...