Thursday 25th December 2025

कतारमा कार्यरत गुरूङ समुदायले मनाए “फो ल्होछार”


तितोपाटी – कतारमा कार्यरत गुरुङ समुदायले ल्होछार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होछार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले ‘खि’ कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् ।

कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना संस्कृतिलाई जगेर्ना गर्न तमु समाज लागेकोमा आफू उत्साहित भएको बताए । तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तमुहरुको मौलिक नृत्यु प्रस्तुत गरिएको थियो । तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलले थप रौनकता बढाएको थियो ।

नरेन्द्र भाटलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो । तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीद्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिलबहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो ।

छेलो फाल्ने प्रतियोगितामा लमजुङका चन्द्र गुरुङ फो ल्होसारको तमु राजा घोषित भए । लमजुङकै हर्क गुरुङ द्वितीय भए । विजेतालाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य नरेन्द्र भाट, संस्थाका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव सागर लिम्बूलगायतले सम्बोधन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...