Thursday 12th February 2026

कतारमा कार्यरत गुरूङ समुदायले मनाए “फो ल्होछार”


तितोपाटी – कतारमा कार्यरत गुरुङ समुदायले ल्होछार (नयाँ वर्ष) मनाएका छन् । तमु समाजद्वारा समालमा आयोजित ‘फो–ल्होछार तथा स्योकैं’मा गुरुङहरु गाँउघरमा रहेझैं रमाए । यस वर्ष गुरुङहरुले ‘खि’ कुकुर वर्गलाई बिदाइ गरी फो (मृग वर्ग) को स्वागत गरेका छन् ।

कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले प्रवासमा रहेर पनि आफ्ना संस्कृतिलाई जगेर्ना गर्न तमु समाज लागेकोमा आफू उत्साहित भएको बताए । तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तमुहरुको मौलिक नृत्यु प्रस्तुत गरिएको थियो । तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलले थप रौनकता बढाएको थियो ।

नरेन्द्र भाटलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो । तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीद्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिलबहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो ।

छेलो फाल्ने प्रतियोगितामा लमजुङका चन्द्र गुरुङ फो ल्होसारको तमु राजा घोषित भए । लमजुङकै हर्क गुरुङ द्वितीय भए । विजेतालाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

अध्यक्ष भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य नरेन्द्र भाट, संस्थाका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव सागर लिम्बूलगायतले सम्बोधन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...