Thursday 12th February 2026

बेलायतमा २२ वर्षे युवकमाथि याैनहिँसा गरेको अारोपमा ४३ वर्षीय एक नेपालीलाइ १३ वर्षको जेल सजायँ


तितोपाटी – बेलायतको एक अदालतले एक जना २२ वर्षे युवकलाइ बलात्कार गरेको अारोपमा  रेडिङ सहर बस्ने ४३ वर्षका नेपाली देउकुमार लिम्बुलाई १३ वर्ष जेल सजाय सुनाएको छ । रेडिङ क्राउन कोर्टले गत वर्ष जुनमा लिम्बुले ‘लर्निङ डिसेबिलिटी’ भएका २२ वर्षीय ती युवकमाथि यौन हिंसा गरेको ठहर गरेको छ । ती युवकको परिचय भने खुलाइएको छैन ।

प्रहरीका अनुसार ६ जुन २०१८ का दिन एकाबिहानै ती युवकले लिम्बुसँग आफ्नो घरजाने बाटो सोधेका थिए । राति आफ्ना साथीहरुसँग रमाइलो गरेपछि बिहानै घर जानलाग्दा आफूसँग फोन वा पैसा पनि नभएको उनले बताएका थिए ।

ती युवकको परिस्थितिको फाइदा उठाउँदै लिम्बुले ती युवकलाई घिसार्दै नजिकै बेर्सफोर्ड रोड खेल मैदान (प्ले ग्राउण्ड) मा लगेर उनीसँग जबर्जस्ती यौन सम्बन्ध राखेको प्रहरीले जनाएको छ ।

न्यायाधीशले सार्वजनिक ठाउँमा आफूसँग मद्दत माग्न आएको व्यक्ति विरुद्ध यौन हमला गर्ने लिम्बु यौन पिपासु भएको बताइन् । फैसला सुनाउँदै न्यायाधीशले आफ्नो अपराधका लागि लिम्बुले पश्चाताप समेत नगरेको बताइन् ।

सो घट्नाको सिसीटिभी फुटेज पनि अदालतमा प्रमाण स्वरुप प्रस्तुत गरिएको थियो । प्रहरीसँगको बयानमा लिम्बुले ती युवासँग सहमतिमा आफूले यौन सम्बन्ध राखेको दाबी गरेका थिए ।

उक्त घट्नापछि ती युवकले आफूलाई डर लाग्ने, घट्नाको झझल्को आइरहने र राम्रोसँग सुत्न नसक्ने बताएका थिए । घटनाको दुई दिनपछि प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

लिम्बुका एक १७ वर्षीय छोरा रहेको तथा उनकी श्रीमती दुई वर्ष अघि हङकङ फर्किएको समाचारमा उल्लेख छ ।

बेलायतको नेपाली समुदायमा केही वर्ष यता अपराधिक क्रियाकलापमा वृद्धि भइरहेको छ । बेलायती जेलमा हाल झण्डै एक दर्जन नेपाली रहेको नेपाली दूतावासको तथ्यांक छ ।


सम्बन्धित शीर्षकहरु

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

-नारायण कोइराला मन्दिर भित्र पस्दैथिएँ।एक्कासी मन्दिरको पर्खाल भत्कियो। मन्दिरभित्रका देउतामा डर,त्रास केही देखिनँ। पर्खालका ढुंगा आपसमा ठोकिएर फुटे। जताततै छितारिए।…

प्रतिकृयाहरू
...