Sunday 3rd August 2025

नेपाल एयरलाइन्सका महाप्रवन्धक कंसाकारलाई वैद्य माओवादीद्वारा कालोमोसो


तितोपाटी – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का महाप्रबन्ध सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ। वाइड वडी खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलेको हो।

वैद्य माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगसँग आबद्ध युवाहरु दिउँसो ४ बजेतिर कंसाकारको कार्यकक्षमा पसेर कालोमोसो दलेका थिए।

वाइड बडीमा ४ अर्ब अनियमितता भएको भन्दै संसदीय उपसमितिले विहीवार प्रतिवेदन सार्वजनिक गरी वहालवाला मन्त्रीसहित संलग्न सबैलाई कारवाहीको सिफारिस गरेको थियो।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...