Sunday 1st March 2026

साप्ताहिक राशिफल(पुष २० गते देखि २६ गते सम्म)


फलित ज्योतिष – रामप्रसाद सिटाैला

मेष

आफ्नो योजनालाई परिणाममुखी बनाउन कठोर परिश्रम गर्नुपर्नेछ । आकस्मिक यात्रा गर्दा आर्थिक लाभसमेत प्राप्त हुने सम्भावना छ । राज्यस्तरबाट महत्वपूर्ण अवसर प्राप्त हुनेछ । रातो रंगको प्रयोगबाट उचित लाभ लिन सकिनेछ । सप्ताहन्तमा विदेशी पाहुनाहरूसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ ।

वृष

सरोकार नभएको विषयमा चासो नराख्नु नै बेस हुन्छ । परिस्थितिअनुसार चल्न नसक्दा अवसर गुम्न सक्छ । सोमबारपछि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुन सक्छ । घरायसी व्यवहारको खिचलोबाट टाढा रहनु नै उचित होला ।

मिथुन

मान–सम्मान प्राप्त भै बाधाहरू स्वत: फुकुवा हुनेछन् । परिश्रमअनुरूप फल पाइनेछ । खर्च बढ्नाले मंगलबारपछि आर्थिक दबाब सिर्जना हुनेछ । प्रतियोगिताहरूमा आफ्नो भूमिका अग्रणी रहनेछ । साताको अन्त्यमा नाम, दाम तथा इनाम हात पर्न सक्छ ।

कर्कट

असहज परिस्थितिलाई आत्मसात् गर्दा आकस्मिक लाभ हुन सक्छ । विशेष भेटघाटको फाइदा उठाउँदै प्रतिष्ठित काम प्रारम्भ गर्ने अवसर प्राप्त होला । आध्यात्मिक चिन्तन, योग तथा ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भावी मार्ग पहिल्याउन सहज बनाउनेछ । साताको अन्त्यमा पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

सिंह

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष उपलब्धि हात पार्ने समय छ । अभिभावकहरूसँग सामान्य खटपट हुनेछ भने आफ्ना कमजोरीप्रति उनीहरूको गुनासो बढ्न सक्छ । साताको अन्त्यमा राम्रै आम्दानी हुने अवसर प्राप्त होला ।

कन्या

स–साना त्रुटि औल्याउँदैमा मित्रहरू टाढिन सक्ने सम्भावना छ । योग, ध्यान तथा भ्रमण गर्न सके तनाव कम होला । मनोरञ्जन तथा भोजभतेरमा विदेशी पहुनासँग भेटघाट हुने सम्भावना छ । राति सवारी साधन चलाउँदा संयमित रहनुहोला ।

तुला

जीवनशौलीमा परिवर्तन ल्याउन हितैषीहरूले दिएको सुझाव अवलम्बन गर्न सकिन्छ । शुभचिन्तकहरूले विविध क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्नेछन् । अन्य मुलुकमा समेत लगानी गरी आम्दानीको मार्ग पहिल्याउन साथीहरूबीच मन मिल्नेछ । साताको अन्त्यमा मन पर्ने साथी फेला पर्नुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।

वृश्चिक

राति अबेरसम्मको कार्यले स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ । योजनाहरू आंशिक रूपमा पूरा हुनेछन् । प्रेमी–प्रेमिकाको सहयोगमा महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ । वैदेशिक कार्यमा सफलता हात पर्नेछ । सूर्यको आराधनाले प्राय: समस्या निराकरण हुनेछन् ।

धनु

परिस्थितिलाई बेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । झन्झटिला कार्यको बोझ आइलाग्दा सचेत भै कार्य सम्पन्न गर्नुपर्नेछ । मित्रको सल्लाहबाट विदेशमा अध्ययनको अवसर जुर्न सक्छ, विलम्ब नगर्नुहोला । कालो रंगको सवारी साधन नचलाउनु नै उचित हुन्छ ।

मकर

आफूसँग भएको क्षमता प्रर्दशन गरी सफलता प्राप्त गरिनेछ । उपल्लो दर्जाका विशेष व्यक्तिले दिएका सुझावले अधुरा कार्य पूर्ण गर्न सहयोग पुर्‍याउनेछ । असहज परिस्थतिबाट उम्कन सोचेभन्दा बढी खर्च गर्नुपर्नेछ । परोपकारमा मन जानेछ ।

कुम्भ

रोजगारीका नयाँ क्षेत्र पहिचान गरी लाभ लिन सकिनेछ । मित्रहरूको सहयोगबाट हौसला प्राप्त हुनेछ । सामाजिक क्षेत्रका लगानीले विदेश भ्रमणको अवसर जुटाउला । प्रलोभन देखाउनेहरूबाट टाढै रहँदै प्रतिष्ठा जोगाउनुहोला । साताको अन्त्यमा स्वास्थ्यको हेक्का राख्नुपर्नेछ ।

मीन

सम्पन्न हुन लागेको काम अवरुद्ध हुन सक्छ । मन मिल्ने साथीले वचन फेर्दा मनमा चोट पुग्न सक्छ । मझौला तथा साना दुवै खाले लगानीबाट आर्थिक लाभ हुनेछ । आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सल्बलाउन सक्छन्, ध्यान पुर्‍याउनुहोला ।


सम्बन्धित शीर्षकहरु

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

पासपोर्टहरू कस्का थिए ? काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली जाँदै गरेको अवस्थामा ४८ थान राहदानी (पासपोर्ट) बोकेर पक्राउ परेकी…

प्रतिकृयाहरू
...