Sunday 3rd August 2025

सर्लाहीका विद्यालयमा छड्के चेक, विद्यालयमा भेटिदैनन् शिक्षक


तीतोपाटी-सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा १६ शिक्षकहरु अनुपस्थित भएको पाईएको छ ।

हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल सहितको टोलीले गरेको छड्के अनुगमनका क्रममा हरिवन ४ मा रहेको माईरानी मिक्चनी मावि, वडा नम्बर २ मा रहेको रामअवतार मावि र वडा नम्बर १ मा रहेको आधारभूत विद्यालय पटौनाका गरी १६ शिक्षक अनुपस्थित भएको पाईएको हो ।

शिक्षकहरु आफुखुशी विदा बस्ने, पोशाक समेत नलगाउने गरेको गुनासो आएपछि विभिन्न विद्यालयको छड्के अनुगमन गरेको र अनुगमनका क्रममा १६ जना शिक्षकहरु विना जानकारी अनुपस्थित भएको पाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा अधिकांश शिक्षकहरुले पोशाक समेत नलगाएको पाईएको छ । आफैले पोशाक नलगाउने शिक्षकले विद्यार्थीलाई कसरी पोशाक लगाउन बाध्य बनाउन सक्छन् भन्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले शिक्षकहरुलाई अनिवार्य पोशाक लगाएर विद्यालय जान सचेत गराए । उनले छड्के अनुगमनका क्रममा अनुपस्थित पाइएका शिक्षकहरुलाई स्पष्टीकरण सोधिने बताए ।

हरिवनमा २९ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । सबै विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरिएको छ । अहिले अर्धवार्षिक परीक्षा चलि रहेकोले परीक्षा सकिएपछि अन्य विद्यालयको समेत अनुगमन गरिने अधिकृत ढकालले बताए ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...