Thursday 26th March 2026

सर्लाहीका विद्यालयमा छड्के चेक, विद्यालयमा भेटिदैनन् शिक्षक


तीतोपाटी-सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न विद्यालयमा गरिएको छड्के अनुगमनका क्रममा १६ शिक्षकहरु अनुपस्थित भएको पाईएको छ ।

हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल सहितको टोलीले गरेको छड्के अनुगमनका क्रममा हरिवन ४ मा रहेको माईरानी मिक्चनी मावि, वडा नम्बर २ मा रहेको रामअवतार मावि र वडा नम्बर १ मा रहेको आधारभूत विद्यालय पटौनाका गरी १६ शिक्षक अनुपस्थित भएको पाईएको हो ।

शिक्षकहरु आफुखुशी विदा बस्ने, पोशाक समेत नलगाउने गरेको गुनासो आएपछि विभिन्न विद्यालयको छड्के अनुगमन गरेको र अनुगमनका क्रममा १६ जना शिक्षकहरु विना जानकारी अनुपस्थित भएको पाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा अधिकांश शिक्षकहरुले पोशाक समेत नलगाएको पाईएको छ । आफैले पोशाक नलगाउने शिक्षकले विद्यार्थीलाई कसरी पोशाक लगाउन बाध्य बनाउन सक्छन् भन्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले शिक्षकहरुलाई अनिवार्य पोशाक लगाएर विद्यालय जान सचेत गराए । उनले छड्के अनुगमनका क्रममा अनुपस्थित पाइएका शिक्षकहरुलाई स्पष्टीकरण सोधिने बताए ।

हरिवनमा २९ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । सबै विद्यालयहरुमा विद्युतीय हाजिरी जडान गरिएको छ । अहिले अर्धवार्षिक परीक्षा चलि रहेकोले परीक्षा सकिएपछि अन्य विद्यालयको समेत अनुगमन गरिने अधिकृत ढकालले बताए ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...