Friday 7th November 2025

२०१८ मा कुवेतमा ४८ जना नेपालीको निधन


राज मल्ल , कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरि मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन ।  

सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३ जना , डुबेर १ जना , करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन । 

५ जनाको मृत्युवारे अनुसन्धान  हुदैछ भने ३ जनाले आत्महत्या गरेका छन भने १ जनाको हत्या ( मडर) गरि जम्मा ४८ जना नेपालीले ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले जानकारी दिएकाछन । 

करिव १ लाखको हारीहारीमा नेपालीको जनसंख्या रहेको कुवेतमा बिगतमा बर्षहरुमा भन्दा यो बर्ष नेपालीको मृत्यूदर अत्याधिक बढ्दो छ । ख़ास गरि अब्यवस्थित खानापानका साथै अत्याधिक मदिरा सेवनका कारण हृदयघात क्रम बढ्दो छ । 

ट्राफिक नियम सम्बनधी प्राप्त ज्ञान नहुदा पनि धेरै सड़क दूर्घटनामा परि ज्यान गुमाएका छन । भने भागिरथ चापागाई अझै कोमा मै रहेको छन


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...