Friday 19th September 2025

अष्ट्रेलियामा पढ्न गएका एक नेपाली विद्यार्थी समुद्री तटमा मृत फेला परे


तितोपाटी – उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका उनको शव स्थानीय समुन्द्र किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

तीन वर्षअघि विद्यार्थी भिसामा दक्षिण अस्ट्रेलियाको एडिलेडमा आएका निश्चल घिमिरे बिहीबारदेखि बेपत्ता भएका थिए । प्रहरीका अनुसार उनलाई शुक्रवार साँझ स्थानीय सामुन्द्रिक किनार वेस्टबिचमा मृत भेटिएको हो । आफूले रेखदेख गर्ने बच्चाको साथमा स्थानीय समुन्द्री किनारमा गएका उनी बच्चा सुरक्षित फर्किए पनि आफू भने नफर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौँ निवासी २२ वर्षीय घिमिरे यहाँस्थित इक्वेल्स इन्स्टिच्युटमा नर्सिङ विषयमा डिप्लोमा अध्ययन गरिरहेका थिए । क्यानबेरास्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै आफूहरूले आवश्यक सहयोग पुर्‍याउन तयार रहेको जनाएको छ । घटनाबारे नेपालमा रहेका परिवारलाई जानकारी गराइएको र उनका दाजु अस्ट्रेलिया आएपछि शवको अन्तिम संस्कार हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...