Monday 2nd March 2026

शिल्पी संघ नेपाल – कुवेतको ऐतिहासिक प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा गोपाल गदाइली


तितोपाटी – शिल्पी संघ नेपाल – कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम २८ डिसेम्बर २०१८ शुक्रबारका दिन कुवेत स्थित जिलिबको पपिन्स हलमा सम्पन्न भएको छ । शिल्पी संघ नेपाल – कुवेतले गोपाल गदाइलीको नेतृत्वमा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
शिल्पी संघ नेपाल – कुवेतका संयोजक गोपाल गदाइली बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा प्रमुख अतिथि रहेका थिए भने विशेष अतिथिमा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेपाली संघीय समाज कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ राई, आदिवासी जनजाति महासंघ कुवेत शाखाका प्रवक्ता राज कुमार राई र अतिथिहरुमा लालिगुरास साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधव पौडेल, सुदुर पश्चिम सेवा समाजका अध्यक्ष अमर खड्का, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्मा, उपसंयोजक दिपक छ्न्त्याल, नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल, वरिष्ठ सल्लाहकार राजेन्द्र बिरही , अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने, कुवेत साँस्कृतिक मंचका अध्यक्ष गोबिन्द बराल, बिश्वकर्मा समाज कुवेतका अध्यक्ष हितकाजी बिश्वकर्मा लगायत कलाकार, पत्रकारहरु रहेका थिए ।
कार्यक्रमको शुरुआत राष्ट्रिय गान बाट गरिएको थियो भने सभापति, प्रमुख अतिथि, विशेष अतिथिले संयुक्तरुपमा दिप प्रज्वलन गरि पन्चेबाजाका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो । अधिबेशन समारोहमा प्रेम बिश्वकर्माले स्वागत मन्तव्य द्वारा उपस्थित अतिथिगणलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन द्वय रोल बहादुर बिश्वकर्मा र दिपेश नेपालीले गरेका थिए । अधिबेशन समारोहमा प्रकाश चाम्लिङ राई , राज कुमार राई , हितकाजी बिश्वकर्मा , माधव पौडेल, अमर खडका , जीवन सुनार, हरिकृष्ण न्यौपाने र प्रमुख अतिथि ज्ञानेन्द्र शर्माले शुभकामना मन्तव्य राखेका थिए भने शिल्पी संघ नेपाल – कुवेतको बारेमा संघका वरिष्ठ सल्लाहकार मस्त बिश्वकर्माले प्रष्ट पारेका थिए । कार्यक्रममा प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गरेको थियो । प्रवास रहेर पनि आफ्नो ड्युटीको बाबजुद पनि पत्रकारितामा निरन्तर समाजिक यथार्थलाई छर्लङ्ग पार्दै समाचार , सूचना , मनोरञ्जन , खेलकुद र घटनाहरुलाई आमजनसमुदायमा पुर्याउन  महत्त्वपूर्ण भुमिको खेलेको भनी उक्त भूमिकाको उच्च मुल्यांकन सहित पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, पत्रकार चन्द्र बिश्वकर्मा, अनलाइन मिडिया तितोपाटी डटकम तथा मरुभूमि हालचाललाई सम्मान पत्र प्रदान गरको थियो भने अन्य पत्रकार र मिडिया अनलाइनहरुलाई पनि सम्मान – पत्र प्रदान गरेको थियो । साथै कलाकारहरुलाई पनि खादा लगाइ सम्मान – पत्र प्रदान गरेको थियो ।
शिल्पी संघ नेपाल – कुवेतको वरिष्ठ सल्लाहकारमा मस्त ब. तिरुवा, सल्लाहकार रण ब. रसाइली, सल्लाहकार प्रेम बिश्वकर्मा, सल्लाहकार भिम गदल र सल्लाहकार रोल बहादुर सेन्चुरी रहेका छन भने अध्यक्षमा गोपाल गदाईली, उपाध्यक्ष सबिन लाम्गादे उपाध्यक्ष गंगा सुनार, उपाध्यक्ष चित्र बहादुर बिस्वकर्मा , उपाध्यक्ष जय राम सेन्चुरी, उपाध्यक्ष ईश्वर कुमार परिवार, महिला उपाध्यक्ष मुना गहतराज, महासचिव दिपेस नेपाली, सचिव ज्ञान बहादुर गजुमेर, सहसचिव खड्क बिस्वाकर्मा, कोषाध्यक्ष प्रकाश गदाईलीज सहकाेषाध्यक्ष करण गोतामे, कलाकार प्रमुख सुरज सेन्चुरी, युवा संयोजक प्रसान्त परियार, खेल प्रमुख बिष्नु सुनार,महिला प्रमुख सरिता बराईली, महिला सशक्तीकरण बिनिसा लामगादे, सदस्य दिल ब. सेन्चुरी, सदस्य अम्बिका सेन्चुरी, सदस्य रमेश घताने , सदस्य सिता सुनुवार, सदस्य भोला गदाईली, सदस्य गिता अछामी नेपाली, सदस्य चन्द्र खाती, सदस्य टिका गदाईली, सदस्य कमल बिश्वकर्मा,सदस्य राम नेपाली, सदस्य लक्ष्मी सुनार, सदस्य अनुप गदाईली, सदस्य दिपा परियार र सदस्य गोकुल खाति सर्वसम्मत चयन भएका छन ।
अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति गोपाल गदाइलीले कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कुवेतमा कृयाशिल संघ सस्थाहरु संग सहकार्य गरि अगाडि बढ्ने बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक…

Donald Trumpले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै ट्रम्पले खामेनीको मृत्यु…

गत वर्षको जूनमा इजरायलको नेतृत्वमा इरानविरुद्ध भएको १२ दिने युद्ध मध्यपूर्वीय सुरक्षा र शक्ति सन्तुलनको इतिहासमा एउटा महत्वपूर्ण मोड थियो।…

प्रतिकृयाहरू
...