Sunday 12th April 2026

बेचिएका चेलीको सत्य तथ्य कथा “यथार्थ”


तितोपाटी – विदेशमा वेचिएको नेपाली चेलीहरुको सत्य तथ्य कथामा अाधारित डकुमेन्ट्रि चलचित्र “यथार्थ” को मृजिक भिडीयो सार्वजानिक गरिएको छ। दलालीहरुको संजालले पैसाको मोल मोलाइ गरि घरायसि कामदारको रुपमा वेचेर मालिक मालिकनी वाट अनेक यातना सहनु पर्ने,अाफ्नै दाजुभाइ द्धारा लोभ लाचना देखाइ अलपत्र पर्नु पर्ने कथा व्यथा समेटेर वनाइएको चलचित्र “यथार्थ” सुनौलो युवा जागरण क्लव को प्रयासमा निर्माण भएको हो ।

उक्त चलचित्रमा मुख्य कलाकारहरुमा नुमा राई, विपिन राई, सान्ति अाङ्देम्वे, जितु लिम्बू, निर्मला राई, छविलाल पाण्डे, ममता राई, खड्क खड्का, विकास मगर, विनु थापा, रिदम वोखिम ,निरु छिलीङ ,विष्णु मगर, मेरी राई ले भभिनय गरेका छनभने अाइटम डान्सरमा दिक्षा लिम्बू देखिएकी छन क्यामरा जि अार राइले चलाएका हुन भने मेक अप ममता राई ले गरेकी हुन । चलचित्रमा समावेस गरिएको गीतको शब्द निर्मला राइको हो भने संगीत राज लिम्बू थेगीमले गरेका हुन् ।

गीतको स्वरमा दिपा तामाङको रहेको छ चलचित्र निर्माण मा अरुणा राई ,भुमिका राई, संगीता गोले को लगानि रहेको छ भने लेखन निर्देशन राज लिम्बू थेगीमको रहेको छ । चलचित्रको 90% छायाङकन कुवेतको फर्वनियामा भएको हो वाकि नेपालमा गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...