Thursday 19th June 2025

कार्यालय प्रमुख सहित एउटै कार्यालयका १६ जना कर्मचारी भ्रष्टाचारी !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । चावहिल स्थित मालपोत कार्यालयका मालपोत अधिकृत सहित १६ जना कर्मचारी भ्रष्टाचार मुद्दामा अदालत धाउन पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पछि सो विषय सार्वजनिक भएको हो । व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरी अरु व्यक्तिका नाममा जग्गा धनी पूर्जा बनाउने तथा श्रेस्ता सच्चाएको अभियोगमा उनीहरु विरुद्द मुद्दा दायर गरिएको हो।

कार्यालय प्रमूख तिमल्सिनासहित मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जन कुमार खरेल, टाइपिस्ट जमुना कुमारी श्रेष्ठ, र कार्यालय सहयोगी हरि खड्का विरुद्ध मुद्दा दायर गरिएको हो। किर्ते गरी जग्गा आफ्नो नाममा लिएका चन्दनकृष्ण कायस्थसहित अन्य १० जना विरुद्द अख्तियारले जनही ६ करोड रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको छ।

राजधानीको बुढानिलकण्ठ नगरपालिका, (साविक विष्णु गाविस) वडा नं.–७ ग कित्ता नं. ३२३,३२५ र ३२९ गरी जम्मा साढे २ रोपनी जग्गा नक्कली जग्गाधनी चन्दन कृष्णका नाममा जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी कार्यालयमा रहेको श्रेष्तामा समेत फोटो टाँसी गैरकानूनी तरिकाले जग्गाको हक हस्तान्तरण गरेको पाईएको अख्तियारले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्त चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले उक्त गैरकानुनी कार्यका लागि चावहिल मालपोतका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको पाइएको अख्तियारले जनाएको छ।

उनीहरुले गैरकानूनी रुपमा तयार गरिएका कागजातका  आधारमा अधिकृत वारेसनामामार्फत पारित राजिनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री–वितरण तथा खरीद गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

यस्तो अवैध कायर्मा आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने गरी कर्मचारीहरूले बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याएको अभियोग अख्तियारले लगाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सरकारले नेपाललाई दिँदै आएको अमेरिकाको अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई निरन्तरता दिने भएको छ। अमेरिकी राष्ट्रपतिमा…

बुधबार, इरानले रातभरको आक्रमणको नयाँ चरणको रूपमा इजरायलमा हाइपरसोनिक मिसाइलहरू प्रहार गरेको दाबी गरेको छ। देशका शीर्ष नेता, अयातुल्लाह अली…

इरानको आणविक, सैन्य र अन्य साइटहरूमा इजरायली आक्रमणको प्रतिक्रियामा शुक्रबारदेखि लगातार छैटौं दिन इरानी क्षेप्यास्त्र प्रहार हुँदा इजरायलभरका शहरहरूमा साइरन…

प्रतिकृयाहरू
...