Saturday 7th March 2026

कार्यालय प्रमुख सहित एउटै कार्यालयका १६ जना कर्मचारी भ्रष्टाचारी !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर कुरा सत्य हो । चावहिल स्थित मालपोत कार्यालयका मालपोत अधिकृत सहित १६ जना कर्मचारी भ्रष्टाचार मुद्दामा अदालत धाउन पर्ने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे पछि सो विषय सार्वजनिक भएको हो । व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरी अरु व्यक्तिका नाममा जग्गा धनी पूर्जा बनाउने तथा श्रेस्ता सच्चाएको अभियोगमा उनीहरु विरुद्द मुद्दा दायर गरिएको हो।

कार्यालय प्रमूख तिमल्सिनासहित मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जन कुमार खरेल, टाइपिस्ट जमुना कुमारी श्रेष्ठ, र कार्यालय सहयोगी हरि खड्का विरुद्ध मुद्दा दायर गरिएको हो। किर्ते गरी जग्गा आफ्नो नाममा लिएका चन्दनकृष्ण कायस्थसहित अन्य १० जना विरुद्द अख्तियारले जनही ६ करोड रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको छ।

राजधानीको बुढानिलकण्ठ नगरपालिका, (साविक विष्णु गाविस) वडा नं.–७ ग कित्ता नं. ३२३,३२५ र ३२९ गरी जम्मा साढे २ रोपनी जग्गा नक्कली जग्गाधनी चन्दन कृष्णका नाममा जग्गाधनी प्रमाणपूर्जा समेत खडा गरी कार्यालयमा रहेको श्रेष्तामा समेत फोटो टाँसी गैरकानूनी तरिकाले जग्गाको हक हस्तान्तरण गरेको पाईएको अख्तियारले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा अभियुक्त चन्दनकृष्ण कायस्थ भन्ने राजु थापा मगर समेतले उक्त गैरकानुनी कार्यका लागि चावहिल मालपोतका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको पाइएको अख्तियारले जनाएको छ।

उनीहरुले गैरकानूनी रुपमा तयार गरिएका कागजातका  आधारमा अधिकृत वारेसनामामार्फत पारित राजिनामाको लिखत मार्फत नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री–वितरण तथा खरीद गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

यस्तो अवैध कायर्मा आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानी पुर्याउने गरी कर्मचारीहरूले बदनियतपूर्वक सरकारी कार्यालयमा रहेको लिखत सच्याएको अभियोग अख्तियारले लगाएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...