Thursday 26th March 2026

अर्घाखाँची र सगरमाथा कम्पनीको सिमेन्ट गुणस्तरहीन:बन्द गराउने सरकारको चेतावनी


तीतोपाटी- गुणस्तर तथा नापतौल विभागले सगरमाथा र अर्घाखाँचीसहित ५ सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको छ ।सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै विभागले यी सिमेन्ट उद्योगलाई कारवाहीको चेतावानी दिएको हो ।

कारवाहीका लागि पत्र काटिएका उद्योगहरुमा सगरमाथा सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सुभश्री जगदम्बा सिमेन्ट, होङ्सी सिमेन्ट र गोरखकाली सिमेन्ट रहेका छन् ।

सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी भएको भन्दै यी सिमेन्ट उद्योगमाथि कारवाहीको प्रक्रिया सुरु गरिएको हो ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको छ ।

तर गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा यी सिमेन्टहरुमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको छ ।

सिमेन्टमा मापदण्डभन्दा बढी मात्रामा म्याग्नेसियम अक्साइड भेटिएपछि विभागले कारवाही गर्ने भन्दै चेतावानी पत्र पठाएको हो ।

गुणस्तर तथा नापतौल विभागले केही समय अगाडिमात्रै सगरमाथा र गोरखकाली सिमेन्टमा एमजिओको मात्रा बढी पाइएको भन्दै तत्काल सुधार नगरे उत्पादन नै बन्द गरी उद्योगको सम्बन्धन खारेज गर्नेसम्मको चेतावनी दिएको थियो ।

विभागले गरेको ल्याब टेष्टमा बाँकी ३ सिमेन्टमा पनि एमजिओको मात्रा बढी भेटिएपछि कारवाहीका लागि बिहिबार मात्रै पत्र काटेको हो । बिहिबार पत्र काटिएका सिमेन्टहरुमा अर्घाखाँची, सुभश्री जगदम्बा र होङ्सी सिमेन्ट रहेका छन् ।

यी सिमेन्टहरुमा पनि एमजिओको मात्रा बढी भएकाले तत्काल सुधार नगरे उत्पादन नै बन्द गराउने गरी चेतावानी पत्र दिएको हो ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...