Wednesday 1st April 2026

रवि ओड बने दोस्रो नेपाल आइडल


तीतोपाटी डट कम-निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो ।

यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।


रातोपाटीबाट साभार


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...